साइप्रस न्युज

साईप्रसमा एकै दिनमा ७० जनालाई राहत वितरण

शेयर गर्नुहोस्
एन.आर.एन.ए. साईप्रसले राहतको लागि तयार पारेका समाग्रीहरु

समिम मिया
युरोप साईप्रस ८ अप्रिल २०२०
। कोरोनाबाट प्रभावित बिधार्थी तथा कामदारहरुलाई राहतका लागि तथा साइप्रस मा रहेका नेपाली हरुको आत्मबल बढाउदै जनचेतना मुलक सन्देश प्रवाह गर्ने उदेश्यका साथ गैर आवासिय नेपाली संघ साइप्रस को संयोजकत्व मा साइप्रसमा रहेका नेपाली संघ संस्था एकजुट भई राहत वितरण गर्दै छन् ।
साइप्रसमा रहेको अवैतनिक बाणिज्य दुतावासको निगरानी मा गैरआवसीय नेपाली संघ साइप्रसको संयोजकत्वमा साइप्रसमा रहेका प्रबासी नेपाली एकता मञ्च, तमु समाज, चितवन सेवा समाज, संघिय लिम्वुवान सामाजिक मञ्च, नेपाल तामाङ घेदुङ, ह्योल्मो एकता समाज, नेपाल मगर संघ, सेर्पा किदुक, किराँत राई यायाक्खा, किरात याक्थुङ चुम्लुङ , जन मुक्ति लगायतका सामाजिक संघ संस्थाको सहभागीतामा राहत जुटाईएको हो ।

साईप्रस सरकारको लकडाउनको कारण धेरै विद्यार्थी तथा केही कामदारहरु आफ्नो रोजगार गुमाएर आफ्नै कोठामा बस्न बाध्य भएकाहरुका लागि ल्याईएको राहत प्याकजेमा चामल, दाल, चाउमिन, आलु, प्याज, सोयाविन, टमाटर लगायतका सामाग्रीलाई समेटीएको छ । राहत पहिलो र दोस्रो चरणमा गरि वितरण गरिने जनाईएको छ ।

हाल कोरोना भाइरसको संक्रमणका विरामीहरुको सख्यां बढि रहेकोले यहाको सरकारले अगामी अप्रिल महिनाको १३ तारिख सम्म लकडाउन घोषणा गरेको छ । यदी यस्तै रहयो भने यहाको सरकारले लकडाउनलाई थप बढाउन सक्ने यहाका विभिन्न संचार माध्यमहरुले उल्लेख गर्दै आईरहेका छन ।

यस्तो अवस्थामा यहा रहेका नेपाली समुदायहरुमा खास गरि विद्यार्थी एवमं केही कामदारहरुमा विभिन्न खाद्यान्न लगायतका अन्य समस्यामा पर्न गएकाले साईप्रसमा रहेको होनररी कन्सुलेट अफ नेपाल, निकोसियाको रोहवरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्वमा र सम्बन्धित संघ संस्थाहरुको सहयोगमा राहत वितरण गर्न लागिएको एन.आर.एन.ए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।
राहतको लागि अति जोखिममा परेका विद्यार्थीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै बिवरण टिपाउन अनुरोध गरिएको छ । बिवरणका लागि विद्यार्थी कार्ड, कलेज कार्ड, पासपोर्ट वा पिन कार्ड लगायतका कागजातहरु संलग्न गर्नुपर्नेछ ।

त्यसको लागि एनआरएनए साइप्रसले प्रत्येक क्षेत्र निकोसिया, लिमासोल, लार्नाका, आइनापा र पाफोसमा रहेका आफ्ना प्रतिनिधी तयार पारेकाले, सम्बन्धित प्रतिनिधिसंग सम्पर्क गर्न अनुरोध गरिएको छ मगरले भन्नु भयो । राहत वितरण कार्यक्रम बुद्धवार निकोसिया सहरमा जारी रहेको छ ।
आज हिजो मात्रै लगभग ७० जना जना लाई राहत वितरण गरिएको छ भने प्रथम चरण मा ३ सय देखि ४ सम्म बिधार्थी तथा पिडित कामदार लाई बितरण गर्ने योजना रहेको गैरअवसीय नेपाली सघं साईप्रसले जनाएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *