अप्रिल ३० सम्म लम्बियो लक डाउन

शेयर गर्नुहोस्
साइप्रसनेपाल / ०८ अप्रिल/ लिमासोल

साइप्रस सरकारले ‘ लक डाउन ‘ को अवधी थप गरेको छ। कोरोनाको महामारी नियन्त्रण गर्न लक डाउन अप्रिल ३० सम्म लम्ब्याएको हो।

राष्ट्रपति निकोस अनास्टसियाडेसले आज रास्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन गर्ने कदमले परिणाम सकारात्मक देखिएको बताउनु भयो।

झिनो आशाको किरण देखिए पनि अहिले नै ढुक्क हुने अवस्था नरहेको बताउदै सम्भावित खतरा विनासकारी हुन सक्ने चिन्ता व्यक्त गर्नु भयो।

गणतान्त्रिक साइप्रसमा १४ हजार कोरोना टेस्ट भै सकेका छन् जसमध्य 526 मा कोरोना पुस्टि भै सकेको छ।

जारि लकडाउन मा संचालन मा रहेका व्यवसाय मा संलग्न व्यक्तिहरुमा अब २० दिन भित्र मा २० हजार टेस्ट गरिनेछन।

कोरोना संक्रमणको अनुमान गर्न साइप्रसका ८०० नागरिकमा सबै जिल्ला र उमेर समूह अनुसार कोरोना परिक्षणको लागि नमुना संकलन गरिने रास्ट्रपतिको सम्वोधनमा बताइएको थियो।

यता, उद्दार उडान र कार्गो बाहेक साइप्रस बाट हुने व्यवसायिक उडान हरुको प्रतिवन्ध जारी नै रहने बताइएको छ।

मार्च २४ देखि सुरु भएको लकडाउन अप्रिल १३ सम्म हुने भनिएको थियो।

यो पनि पढ्नुहोस : साईप्रसमा दुई दिनमा १३३ जनालाई राहत वितरण

यो पनि : लक डाउन उल्लंघन गर्ने ३० जना पक्राउ

यो पनि : लक डाउन झन् कडा , नमाने 300 युरो जरिवाना(update1)

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *