Uncategorized

कोरोना भाइरस: कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ‘उत्साहजनक’

शेयर गर्नुहोस्
स्रोत :- रुटर

कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ।

अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक ‍औषधी दिइएको थियो।

उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ

‘सुखद परिणाम’

परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो।

त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्।

तर उनीहरूले थप अध्ययन र तथ्याङ्क उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्।

रेम्डेसिभिर औषधीको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ।

वृहत् परीक्षण

यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण यूकेको इङ्गल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए।

सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो।

गिलियडले यूकेमा कोभिड-१९ का सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो।

त्यसको नेतृत्व सङ्क्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन्।

त्यो औषधीको चीनमा पनि परीक्षण जारी रहेको बताइएको छ।
स्रोत :- विभिन्न अनलाईन पत्रपत्रिकाहरुबाट

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *