साइप्रस न्युज

आईतवार आईयानापा , निसु , लाक्षिया गरि ५५ जना लाई राहत वितरण

शेयर गर्नुहोस्

दिनेश गौतम
१२ अप्रिल २०२०

साईप्रस।। विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज आईतवार ५५ जनालाई राहत वितरण गरिएको छ ।

साइप्रसमा रहेको अवैतनिक बाणिज्य दुतावासको निगरानी मा गैरआवसीय नेपाली संघ साइप्रसको संयोजकत्वमा साइप्रसमा रहेका तमागं घेदुगं साईप्रस प्रबासी नेपाली एकता मञ्च, तमु समाज, चितवन सेवा समाज, संघिय लिम्वुवान सामाजिक मञ्च, नेपाल तामाङ घेदुङ, ह्योल्मो एकता समाज, नेपाल मगर संघ, सेर्पा किदुक, किराँत राई यायाक्खा, किरात याक्थुङ चुम्लुङ , जन मुक्ति लगायतका सामाजिक संघ संस्थाको सहभागीतामा राहत जुटाईएको गैरअवासीय नेपाली सघं साईप्रसका महासचिव कृप थापाले जानकारी दिए ।

आज आफुहरुले आईया नापाम सहरमा नेपाल मगर सघंका महासचिव दर्शन मगर , एन.आर.एन.ए. सचिव पुरान मगर , त्यस्तै पुर्ब महिला प्रतिनिधि नानु गोम्जा लगाएतको उपस्थितिमा राहत वितरण गरिएका थापाको भनाई थियो ।

थापाका अनुसार आफुले यहा रहेका विभिन्न सहयोगी सघंसस्थाहरुसगं मिलेर आफै फिल्डमा खटेर राहत वितरण गरिरहेको बताउदै अगामी दिनहरुमा साईप्रसमा रहेका सबै मनका धनी सहयोगी दाता लगाएतहरुसगं सहकार्य गरि सधै अगाडी बढ्ने बताए ।

यहाका अनुसार यस्तो विषम परिस्थितिमा यहाका समाजिक सघंसस्थाहरु यसरी मिलेर कोरोना पिडित विद्यार्र्थी एवमं केही कामदारहरुको दुखमा साथ दिनु भनेको धेरै असली मानवता प्रदर्शन गरेकामा धन्यबाद समेत दिएका छन ।

यता निकोसियाको निसु , लाक्षिया क्षेत्रमा पनि आएर आजे केही विद्यार्थीहरुलाई राहत वितरण गरिएको एन.आर.एन.ए. युवा संयोजक कुन्दन कार्कीले बताए । त्यस्तै एन.आर.एन.ए. अध्यक्ष दिल कुमारी तिलिजा पुनले भोली सोमवार नेपालीहरुको नया साल २०७७ साल आउने भएकाले कोही पनि नेपाली समुदायका बाहिर ननिस्कन आग्रह गरेकी छिन ।

आफनो ज्यानको बाजी मारेर यहा रहेका पिडितहरुका लागि एन.आर.एन.ए.साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल , युवा संयोजक कुन्दन कार्की , महासचिव कृप थापा लगाएत सबै टिम , सस्थाका प्रतिनिधि , राहत लिनेहुने सबैलाई विशेष धन्यबाद दिएकी छिन ।

साथै यहा रहेका सबै समाजिक सघंसस्थाहरु , पिडित विद्यार्थी , कामदार लगाएत अवाज विहिनहरुको अवाजलाई बुलन्द गरिरहेको साईप्रसनेपालडटकम को टिमलाई समेत धन्यबाद दिनुभएको छ ।

पुनका अनुसार साईप्रसमा रहेका सबै समाजिक सघंसस्था , समुहहरुले पिडितहरुलाई राहत वितरण कार्य गरिहेकोमा आफुलाई धेरै खुसि रहेको उल्लेख गर्दै अगामी दिनहरुमा के कसरी समास्यासगं समाना गर्न सकिन्छ भन्ने विषयमा सबै नेपालीहरु सोच्ने बेला आएको बताईन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *