प्रवास

माल्टामा नेपाली समुदायका सस्थाहरुबाट स्थानिय अस्पताललाई फेस भाईजर सहयोग

शेयर गर्नुहोस्

युरोप ,माल्टा १७ अप्रिल २०२०
विश्वब्यापी महामारी कोरोना भाईरसबाट प्रभावित युरोपियन देश माल्टाको एक अस्पताललाई नेपाली समुदायका सघसस्थाहरुले संयुक्त रुपमा फेस भाईजर सहयोग गरेका छन ।

माल्टमा नेपाली मुलका दुई जनालाई कोरोना संक्रमण भए पश्चाप्त त्यहा रहेका नेपाली जन सम्पर्क समिति र नेपाल माल्टा फे्रन्टसिप एसोसिएसनले संयुक्त रुपमा स्थानिय स्नट भिनचेन्ट दि पाउला नामक अस्पताललाई १५१ थान फेस भाईजर हस्तान्तरण गरिएको जनसम्पर्क समिति माल्टाका कोषाध्यक्ष शकंर खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार यहा रहेका नेपालीहरुसगं मिलेर यस कोरोना भाईरससगं लडनका लागि र यसबाट प्रभावितहरुका लागि संयुक्तरुपमा अगाडी बढने बताएका छन । उता अस्पतालका सि.ई.ओं जोस्टसियन कटायरले फेस भाईजर लिदै नेपाली समुदायबाट यस्तो सहयोग हुनु धेरै नै सरहानिय काम भएको बताउदै अगामी दिनमा यहा रहेका नेपाली समुदायहरुसगं सहकार्य गर्न अत्ति नै ईच्छुक रहेको बताएका छन ।

त्यस्तै गैर अवसिया नेपाली सघं माल्टाले वितरण गर्न लागेको राहत कार्यक्रममा जनसम्पर्क समिति र नेपाल माल्टा फ्रेन्टसिप एसोसिएसनले सहकार्य गरि अगाडी बढने निर्णय गरेको आईसिसिका सल्लाहकार सोम सापकोटाले बताएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *