प्रवास

कोरोना लक्षण देखिएका ५४ वर्षीय पूर्व सैनिकको बेलायतमा निधन

शेयर गर्नुहोस्

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा बसोवास गर्दै आएका नेपालीहरु पनि निकै प्रभावित हुँदै गइरहेका छन् । 

पछिल्लो समयमा दैनिकजसो कोरोनको संक्रमणबाट नेपालीको मृत्यु हुँदै आएको छ । कोरोनाका लक्षण देखिएका एकजना भूतपूर्व गोर्खा सैनिक शंकर गुरुङको हिँड्दाहिँड्दै बाटोमा ढलेर निधन भएको छ ।

कोरोना भाइरससँग मिल्दो समस्या हुँदाहुँदै पनि पारासिटामोल प्रयोग गर्दै गुरुङ निरन्तर काममा जाने गरेको बताइएको छ । 

कामबाट घर फर्किंदै गर्दा गुरुङ एक्कासी घर नजिकै अचेत अवस्थामा ढलेका थिए । बाटोमा ढलेको देखेपपछि प्रहरीलाई खबर गरिएको र एम्बुलेन्स आइपुग्दा उनको निधन भैसकेको एम्बुलेन्समा आएको ‘प्यारामेडिक टिम’ले तत्कालै मृत घोषणा गरेको थियो । 

उनको कोरोनाको कारणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्ने बारेमा अस्पतालबाट पुष्टि हुन् बाँकी  छ । 

मृतक गुरुङका श्रीमती र २ छोराहरु बेलायतको अक्सफोर्डमा रहेपनि गुरुङ भने पछिल्लो समय एक्लै लण्डनको नर्थहोल्टमा बस्दै आएका थिए । 

गोर्खा जिल्ला पुर्ख्यौली भएका गुरुङ पछिल्लो समय चितवन बस्दै आएका थिए । मृतक गुरुङका नेपालमा समेत श्रीमती र छोरी रहेका छन् । 

अहिलेसम्म बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या २ दर्जन पुगिसकेको छ । जसमध्ये एक दर्जनभन्दा बढी म्हूपू गोर्खा सैनिक रहेका छन् । 

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *