जनसम्पर्क समिति साईप्रस चौथो बर्षमा प्रबेश

शेयर गर्नुहोस्

२५ अप्रिल २०२०
साईप्रस लिमासोल

नेपाली जन सम्पर्क समिति साईप्रसले हिजो शुक्रवार देखी चौथो बर्षमा प्रवेश गरेको अवसर पारेर दोस्रो चरणको राहत वितरण सूरु गरेको छ ।

नेपाली कागं्रेसको भातृसंगठनको रुपमा रहेको जनसम्पर्क समिति साईप्रसमा चार बर्ष अघि स्थापना भएको थियो ।
समितिले पछिल्लो कोरोना भाईरसको महामारीबाट असरमा परिरहेका साईप्रसका नेपाली विद्यार्थी एवमं अन्य नेपालीहरुलाई राहत बितरण गर्दै आईरहेका आफनो समाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरेको छ ।
दोस्रो चरणको राहत वितरण सुरु गरिएकोमा हिजो मात्रै निकोसिया र लिमासोल गरि ५१ जनालाई राहत वितरण गरिएको समितिकी सह महामन्त्रि ईन्दीरा खडका उप्रेतीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *