साइप्रस न्युज

एन. आर. एन ए. आई.सि.सि साईप्रसमा रहेका नेपालीहरुसगं सधै साथमा रहने :- महतो

शेयर गर्नुहोस्

२८ अप्रिल २०२० मंगलवार
युरोप साईप्रस

विदेशमा रहेका सबै नेपालीहरुको सुख दुखमा साथ दिने गैर आवासीय नेपाली सघं अन्र्तराष्टिय समान्वय परिषद साईप्रसमा रहेका नेपालीहरुको हरेक पलमा साथ दिने आई.सि.सि. साईप्रस प्रतिनिधि एवमं उद्यामी रन्जित महतोले बताउनु भएको छ ।

उहाले गैरआवासीय नेपाली संघको कोरोना भाईरस ( कोभिड ः १९ ) सम्वन्धी उच्चस्तरीय समितिले राहत, स्वदेश फिर्ता र पुनर्स्थापना को कार्यक्रम अघि सारेको बताएका छन । उहाले विश्वका ४१ देशका १५० भन्दा बढी क्षेत्र , शहरमा ९०० भन्दा बढी स्वयमसेवकहरु राहतमा खटिएका जानकारी दिनुभएको छ ।

महतोका अनुसार २४ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामाग्री प्राप्त गर्नुका साथै एनसिसि र आईसिसिले स्थापना गरेको २४औं घण्टे हटलाईनबाट ७ हजार भन्दा बढी नेपालीहरुले परामर्श लिएको बताउनु भयो ।

आज महतोले साईप्रस नेपाल डटकम सगं कुरा गर्दै भन्नु भयो :- अन्तर्राष्ट्रिय समन्वय परिषदले रु ५ करोडको राहत कोष लक्ष्य सहित फण्ड रेजिङ क्याम्पेन अगाडी बढाएको छ भने अब स्थानियरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसिसिले राहत रकम वितरण गर्न शुरु गरिएको जानकारी दिए ।

केही दिन पहिला मात्रै मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई पाच पाच हजार युएस डलर र युरोपको साईप्रसलाई ३ हजार युएस डलर रकम निकाशा भएकोले यसबाट साईप्रसमा रहेका विद्यार्थी एवमं अन्य प्रभावितहरुमा केही राहत हुने महतोको बुझाई छ ।

महतो आफै एन.आर.एन.ए आर्थिक उच्च स्तरीय समितिमा रहेकोले आज आई.सि.सि.मा पाच सय डलर र साईप्रसमा थप पाच सय डलर ब्यक्तिगत रुपमा सहयोग दिने जानकारी दिनु भएको छ ।

आफुहरुले नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनितिक योजना बनाई सरकारलाई बुझाएका छौं, र पुनर्स्थापन तथा स्वदेश फिर्ता भएका नेपालीहरुलाई कसरी पुनर्स्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्ने बारे योजना बनाई रहेको जानकारी दिए ।


गैर अवासिया नेपाली सघंले थप कार्यक्रमको लागि नेपाल सरकार, सरोकारवाला निकायहरु, विदेश स्थित नेपाली कुटनितिक नियोगहरु र अन्तर्राष्ट्रिय सँघ सँस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्न प्रतिबद्ध रहेको महतोले बताए ।

उहाले एनआरएन.एले साईप्रस देशलाई धेरै नाजिकबाट नियाली रहेको बताउदै यहा रहेका समाजिक सघंसस्थाहरुको कामले सबै नेपालीहरुमा एकताको बल जगाएकोले यस कार्यलाई अब गैर आवासीय नेपाली सघं साईप्रसले निरन्तर जारी राख्न सुझाव दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *