देश विदेश

कोरोना भाइरस नेपाल: सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका थप तीन जनामा कोभिड-१९ पुष्टि

शेयर गर्नुहोस्

बारा र पर्सामा थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५७ पुगेको छ। तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

बाँकी ४१ जनाको विभिन्न स्थानमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको उनले बताए।

केही दिनअघि वीरगन्जस्थित एउटा अस्पतालमा कार्यरत एक सरसफाइ कर्मचारी र क्वारन्टीनमा बसिरहेका अर्का एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको थियो।

को हुन् सङ्क्रमित?

उनीहरूको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर ९४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप तीन जनामा कोरोनाभाइरस देखिएको नारायणी अस्पतालका डा. मदन उपाध्यायले जानकारी दिनुभएको छ ।

तीनै जना क्वारन्टीनमा थिए।

डा. देवकोटाका अनुसार उनीहरू ३१, ४३ र ५७ वर्षीय पुरुष हुन्।

यसअघि वीरगन्जमा आइतवार भेटिएका दुई सङ्क्रमितमध्ये वीरगन्ज इनर्वाका एक पुरुष भारत दिल्लीमा आयोजित एउटा मुस्लिम धार्मिक सभा (तबलगी जमातमा ) सहभागी भएर नेपाल फर्किएको बताइएको छ।

बुधवार कोभिड-१९ पुष्टि भएका तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइएको छ। उनीहरू मार्च ६मा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए।

उनीहरूबाट सङ्कलित नमुनाको काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

सङ्क्रमित व्यक्तिमध्ये एक जना पर्साको छपकैयास्थित मस्जिद र अरू दुई जना बाराको जितपुरस्थित अर्को मस्जिदमा बसेको जानकारी पाएको डा. उपाध्यायले बताए।

अहिले धनगढीमा एक, वीरगन्जमा आठ, विराटनगरमा ३१ र भरतपुरका अस् एक सङ्क्रमित छन्।

डा. उपाध्यायका अनुसार मङ्गलवार कोभिड-१९ पुष्टि भएका दुई व्यक्तिलाई मङ्गलवार नै नारायणी अस्पताल ल्याइसकिएको छ।

कति परीक्षण?

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा नेपालमा बुधवार अपराह्णसम्म पीसीआर विधिबाट देशका विभिन्न प्रयोगशालाबाट ११,५२४ हजारवटा परीक्षण भएको देखिन्छ।

त्यसैगरी आरडीटी विधिबाट ४५,६६५ वटा परीक्षण भएको डा. देवकोटाले बताए।

गत चैत २१ गतेदेखि प्रदेश नं २ को जनकपुरस्थित प्रादेशिक अस्पतालमा पनि पीसीआर परीक्षण सुरु भएको थियो।

तर त्यहाँ गरिएको परीक्षण दोषपूर्ण देखिएको भन्दै अहिले परीक्षण रोकिएको छ।

अहिले देशभरि २२,९०१ जनालाई क्वारन्टीनमा र ८७ जना चिकित्सकीय निगरानीमा अलग्गै राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *