साईप्रस तथा ईजरायलमा रहेका नेपालीहरुले यथासिघ्र विवरण उपलब्ध गराउन दुतावासको अनुरोध

शेयर गर्नुहोस्

दिनेश गौतम
२९ अप्रिल २०२०

युरोप , साईप्रस साईप्रस तथा ईजरायलमा कार्यरत , बसोबास गरिरहेका नेपालीहरुलाई आफना समास्या सहितका विवरण पेरि पेश गर्न नेपाली राजदुतावास ईजरायलले आग्रह गरेको छ ।

कोरोना भाईरस (केभिड १९ ) को संक्रमण फैलिरहेको बेला यसको जोखिममा नेपाली श्रमिक , विद्यार्थीहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउनका लागि केही दिन पहिला पनि अनलाईन मार्फत विवरण संकलन गर्न अनुरोध गरे पनि साईप्रसबाट लगभग दुई हजार आठ सय मात्रको संख्यामा विवरण बुझाएकाले फेरि छुटेकाहरुले विवरण बुझाउन दुतावासले आग्रह गरेको जनाएको छ ।

नेपाली राजदुतावासका प्रवक्ता अर्जुन घिमिरेले आज साईप्रस नेपाल डटकमसगं कुराकानी गर्दै साईप्रसमा रहेका नेपाली विद्यार्थीहरु , श्रमिकहरु यस अघि टिपाएका , सिधै म्यसेज गरेकाहरुको समास्याहरु पनि ब्यवस्थीत रुपमा अभिलेख राख्ने र समास्या समाधानका लागि पहल भैरहेको जानकारी दिनु भयो । hhtps://il.nepalembassy.gov.np/emergency-registration-form/ लिकंमा गएर आबेदन भर्न सकिने छ ।

यो लिकं खोलेर आफना विवरणहरु भरिसके पछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जति सक्दो चाडो आफनो विवरण भर्न पनि दुतावासले सबै साईप्रसमा रहनु भएको नेपालीहरुलाई आग्रह गरेको छ ।

विवरणमा उपलब्ध गराएका सुचनाहरु गोप्य राखिने पनि दुतावासका प्रवक्ता घिमिरेले बताएका छन । उहाले फारम भर्न कुने समास्या भए सिधै +972543306070 whatsApp or Viber मार्फत सम्पर्क गर्न अनुरोध गरेका छन

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *