देश विदेश

कोरोना भाइरस नेपाल: प्रदेश नं ५ मा दुई जनामा कोभिड-१९, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ५९

शेयर गर्नुहोस्

विनोद परियार
बुटवल रुपन्देही १ मई २०२०

नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयले रूपन्देही र बाँकेमा एक(‍एक जना सङ्क्रमित भेटिएको शुक्रवार अपराह्ण जनाएको छ।

यससँगै नेपालमा कोभिड ( १९ भएका व्यक्तिको सङ्ख्या ५९ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार रूपन्देहीको कोटही माई गाउ पालिकाका २५ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषमा कोभिड(१९ पुष्टि भएको हो।

स्थानियहरुका अनुसार रुपन्देहीका विरामी युवक भारतबाट सिमा पार गरेर केही दिन पहिला आफनो घर मर्चवार आएको बताएका छन ।

उनीहरू दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले बताएको छ।

नेपालमा अहिले २३,००० जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन्।

तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा भएको सरकारको तथ्याङ्कले देखाउँछ।

अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,००० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।

सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं एक र त्यसपछि प्रदेश नं २ मा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८० जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *