साइप्रस न्युज

साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या (अपडेट २ )

शेयर गर्नुहोस्
समिम मियाँ
६ मे २०२०/ लिमासोल

गए राती एक नेपाली विधार्थीको हत्या भएको छ । निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झगडा हुँदा चक्कु प्रहार गरि हत्या भएको हो । घरको काम विसयमा बहस चर्किएपछी चक्कु प्रहार गरि हत्या गरेको बताइएको छ ।
अध्ययनका लागि साइप्रस आइपुगेका दुवै जना 21 वर्षका हुन् ।

मृतक चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई रहेको बताइएको छ।

बिबेक अमागाई bibek amagain
मृतक विवेक अमगाई


स्थानिय मिडियाका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए ।
पीडितलाई घटनास्थलमा बाट प्रहरीले उद्दार गरि अस्पताल पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।
प्रहरीले आरोपीलाई नियन्त्रणमा लिइ सकेको छ भने अदालत मा आज नै पेश गर्नेछ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भै रहेको छ ।

यो समाचार थप अपडेट हुँदै छ । (हेर्दै गर्नु होला।।)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या (अपडेट २ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *