साइप्रस न्युज

२५६४ औ बुद्ध ज्यन्तीको अवसरमा दुतावासद्धारा अनलाईन शुभकामना अदान प्रदान

शेयर गर्नुहोस्

समिम मिया
युरोप , साईप्रस ७ मई २०२०

साईप्रस र ईजरायललाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायलले विभिन्न नेपाली प्रतिनिधिहरु मिलेर आज विहिवार आज २५६४ औ बुद्ध ज्यन्तीको अवसरमा अनलाइन छलफल मार्फत शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली राजदुतावास ईजरायलको आयोजनामा भएको अनलाईन शुभकामना अदान प्रदान कार्यक्रममा नेपाली राजदुत डा. अन्जान शाक्यले साईप्रस तथा ईजरायलमा रहेका सबै नेपाली नागरिकहरुमा आपसी सदभाव कायम गर्न अनुरोध गर्नु भएको छ ।

डा. शाक्यले अहिलेको अवस्थामा विश्वभर नै संकटमा परिरहेको समयमा प्रवासी नेपालीहरु झनै समास्यामा परेकोे बताउनु भएको छ भने संकटसगं जुध्नका लागि आफु सबै नेपालीहरुको साथमा रहेको जानकारी दिनुभयो ।

उहाले बुद्धले दिनुभएको ज्ञानलाई सबै नेपाली समुदायले मनन गरि कसैले कसैलाई छल कपट नगरिकन ईमान्दारीता देखाउन , सधै सत्य बोल्न , आपसी सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

साथै साईप्रसमा एक नेपाली विद्यार्थीको हत्या भएकोमा आफु अत्यन्त मर्महित भएको डा. शाक्यले बताउनु भयो ।

राजदुतावासका प्रवक्ता अर्जुन घिमिरको सहजीकरणमा भएको छलफल कार्यक्रममा अबैतानिक बाणिज्य दुतावास साईप्रसका दुत डा. राम जिवन पजिंयारले कोरोना भाईरसको संकटमा दुतावासले यस्तो अनलाईन छलफल कार्यक्रमको आयोजना गरेको धन्यबाद दिनुका साथै साईप्रसमा रहेका सबै नेपालीहरु मिलेर बस्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै पछिल्लो समयमा दुतावासले साईप्रसमा गरिहेको काम सरहनिय भएको भन्दै अगामी दिनमा साईप्रसमा रहेका घरेलु कामदार र विद्यार्थीहरुको समास्या प्रति दुतावास अझै गम्भिर भएर लाग्न गैर आवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले आग्रह गरेका थिए ।

गौतमले ईजरायलमा रहेका समाजिक सघंसस्थाहरुले साईप्रस रहेको समास्यालाई मध्य नजर गर्दै सघंसस्थाहरुसगं समन्वय गरि अगाडी बढनुपर्ने सुझाव दिएका थिए ।

उता प्रवासी नेपाली एकता मचं साईप्रसका सचिवलय सदस्य धतानन्द पाण्डेले अहिले साईप्रसमा एउटा घटनाले गर्दा सबै नेपालीहरु दुखि भएको जानकारी दिनु भयो ।

उहाले लकडाउनकै समयमा अहिले यहा रहेका समाजिक संघसस्थाहरुको एकताले गर्दा यहा रहेका नेपाली विद्यार्थीहरुलाई दोस्रो चरणको राहत वितरण कार्य सुरु गरिएको बताए ।

कार्यक्रममा नेपाल तामगं घेदुगं साईप्रसकी अध्यक्ष संमो तमागं , प्रवासी नेपाली एकता मचं ईजरायलका प्रतिनिधि , हिन्दु जागरण ईजरायलकी प्रतिनिधि , जनता समाजबादी पार्टी प्रवास कमिटि ईजरायलका प्रतिनिधि लगाएत विभिन्न ब्यक्तित्वहरुले शुभकामना अदान प्रदानमा सहभागि भएका थिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *