उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या ११० पुग्यो

शेयर गर्नुहोस्

काठमाडौं, २७ बैशाख । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भने ३१ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *