प्रनेएस साईप्रसद्धारा नेपालका प्रधानमन्त्रिलाई ज्ञापनपत्र ,विश्वका ३४ देशका जससबाट खेद ब्यक्त

शेयर गर्नुहोस्

पुरन मगर
युरोप ,साईप्रस
नेपाली भूमि अतिक्रमणका विरुद्धमा प्रवासी नेपाली एकता समाज साइप्रसले नेपाली अवैतानिक महाबाणिज्य दूतावास साइप्रसमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष त्रि विक्रम सिहको नेतृत्वमा गएको टोलीले प्रवासमा रहेका नेपालीहरुमा एकता मजबुत गराउन सधै प्रतिबद्ध रहेको भन्दै आफनो नेपाली भुमि अतिक्रमण भारतिय पक्षबाट भएकोमा दुखि भएको बताएका छन ।

साईप्रसमा बैदेशिक अध्ययन एवमं कामको शिलशिलामा आएका प्रवासीहरु अहिले आफनो देशको भुमि मिचिएकोले एकताबद्ध भएर अजाव उठाउनु पर्ने बताउदै केही दिनका लागि विदेशिएको र परि आएको खण्डमा देशका लागि जे पनि गर्न सक्ने सिहंको भनाई थियो ।

साईप्रसमा लकडाउन भएको कारणले गर्दा आफुहरु यहाको नियम पालन जसरी गरेका छौ त्यसरी नै आफनो देशको नियम पालना गर्न तयारु रहेको बताउदै नेपाल सरकारले यथासिघ्र भारतीय पक्षसगं बार्ता गर्नुपर्ने यदि बार्ताबाट समाधान ननिस्कीए सयुक्त राष्टसघंमा समेत उजुरी हाल्नुपर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उता नेपाली जनसम्पर्क समिति साईप्रसले पनि भारतले नेपालको भुमि लिपुलेक हुदै चिन जोडने सडक निमार्ण सुरु गरेर नेपाली सिमा अतिक्रमण गरेकोमा विरोध जनाएको छ ।

त्यस्तै विश्वभरमा रहेका विभिन्न ३४ वटा जनसम्पर्क समितिहरुले सामुहिक रुपमा नेपाली भुमि भारतले अतिक्रमण गरेकोमा खेद प्रकट गरेका छन ।

समितिहरुले नेपालको भुभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढगंले रहनुपर्ने विषयमा सरकारले गम्भिर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्ने सुझाव दिएका छन ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *