देश विदेश

नेपालमा पहिलो पटक ४ जना पत्रकारलाई कोरोना संक्रमण

शेयर गर्नुहोस्

वीरगञ्ज, ३० बैशाख । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *