ब्रिटिस फोर्स नेपाली कम्युनिटिद्धारा ७५५ युरो सहयोग

शेयर गर्नुहोस्

साईप्रस नेपाल डटकम
युरोप साईप्रस

साईप्रसमा कोरोना भाईरसले असर गरिरहेको अवस्थामा ब्रिटिस फोर्स नेपाली कम्युनिटि साईप्रसले बुधवार गैर आवासीय नेपाली सघं साईप्रसको आपतकालिन राहत कोषमा ७५५ युरो सहयोग गरेको छ ।

यहा रहेका विभिन्न नेपाली सघंसस्थाहरु एकिकृत भएर राहत वितरण गरिरहेको अवस्थामा आफुहरु पनि मिलेर केही नेपाली समुदायका लागि सहयोग गरौ र एकता नै बलियो आधार भएको भन्दै अधिकारीक सामाजिक सस्था मार्फत सहयोग गरेको कम्युनिटिका प्रतिनिधि धिरज लिम्बुले जानकारी दिनु भयो ।

लिम्बुले साईप्रसमा रहेका नेपालीहरुलाई एकता र अभिभावकत्व जिम्मेवारी निर्वाह गरिरहेको एन.आर.एन.ए साईप्रसले दुखको बेलामा आफनो ज्यानको बाजी मारेर सहयोग गरिरहेको प्रशांस समेत गर्दै आगामी दिनहरुमा पनि एन.आर.एन.एसगं सहकार्य गर्न सधै तयार प्रतिबद्धता जनाउनु भएको छ ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *