प्रवास

प्रवासमा रहेका नेपालीहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन लागि परेको :- एन.आर.एन.ए. अध्यक्ष पन्त

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप साईप्रस
,
कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका विश्वभरका नेपाली विद्यार्थी एवमं श्रमिकहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन आफुहरु लागि परेको गैर आवासीय नेपाली सघंका केन्द्रिय अध्यक्ष कुमार पन्तले बताउनु भएको छ ।

उहाले कतिपय देशहरुमा केही नेपालीहरु गैरकानुनी रुपमा बसोबास गरिरहेको र उहाहरुलाई सम्बन्धित देशको सरकारले यथासिघ्र देश छोड्न आदेश दिएकोले आफुहरु नेपाल सरकारसगं समन्वय गरेर स्वदेश फर्काउने बाताबरण मिलाई रहेको जानकारी दिनु भयो ।

बुधवार नेपाल पत्रकार महासघं युरोप शाखाको कोरोना कहरमा एनआरएनए नेतृत्वसगं विषेश अनलाईन अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष पन्तले नेपालीहरुको समास्यालाई समाधान गर्नका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताउदै विदेशमा रहेका सारा नेपालीहरुको साथमा एन.आर.एन.ए.रहेको बताउनु भयो ।


एउटा फरक प्रशगंमा अध्यक्ष पन्तले गैर आवासीय नेपाली सघं माल्टाका अध्यक्ष र महासचिव मानव तस्कारीमा समाबेश भएको समाचार आएको र उहाहरु समाबेश भएको प्रमाण फेला पर्न साथ आफुहरु तत्काल बर्खास्त गर्न तयार रहेको भनाई थियो ।
साथै पहिला देखि नै भारतले आफुहरुको नेपाली भुमि माथि गरिरहेको आक्रमणको सामना गर्न सारा गैर आवासीय नेपालीहरु एकमत हुनुपर्ने आग्रह गर्नु भयो । उहाले भन्नु भयो . ”आफनो भुमि फिर्ता गराउनका लागि नेपाल सरकारलाई सिमामा तारबार लगाउनका आफुहरु तयार छौ ” ,अब आगामी पुस्ताका लागि भएपनि भारतको हेपहा प्रबृति कुनै पनि नेपालीलाई बर्दास नभएको जिकिर गर्नु भयो ।

उता गैरआवासीय नेपाली सघंले नेपालमा केही ठुला परियोजनाहरुमा काम गरिरहेको बताउदै कोरोनाले गर्दा केही असर परे पनि ति कामहरु छिटटै निरन्तरता पाउने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

यता एन.आर.ए. युरोप शाखाका संयोजक नारायन अर्चायले युरोप भित्र रहेका नेपालीहरुको समास्या समाधान गर्न आफुहरु निरन्तर लागि परेको बताउनु भयो ।

आर्चायले एन.आर.एन. पोल्यण्ड, अष्ट्यिामा केही विवाद रहे पनि छिट्टै समाधान गरिने जानकारी दिनु भयो ।

पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजन राईको अध्यक्षमा भएको अनलाईन छलफल कार्यक्रममा एन.आर.एन.आई.सिसि युरोप उप संयोजक मुक्त बहादुर गुरुगं , पत्रकार महासघं युरोप शाखाका सचिव द्रोण रिजाल , सदस्यहरु शेर बहादुर परियार, रिबचन्द्र भट्टराई , राम कुमार थापा , सरला कट्टेल लगाएत युरोपका विभिन्न देशका पत्रकार लगाएत विशिष्ठ ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *