प्रवास

एनआरएनए स्पेनद्वारा दोस्रो चरणको आज शुक्रवार देखि राहत बितरण सुरु

शेयर गर्नुहोस्

बार्सीलोना। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( एनआरएनए) स्पेनले दोस्रो चरणको राहत बितरण सुरु गरेको छ। कोरोना भाईरसका कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि पुन ः राहत बितरणलाई निरन्तरता दिएको हो। यसअघि संघले यस अघि स्पेनका बिभिन्न शहरहरुमा गरी २ सय ३० जनालाई खाद्यान्न समाग्रीहरु बितरण गरिसकेको छ जनाएको छ ।

एनआरएनए केन्द्रले समेत स्पेनका लागि ५ हजार डलर आर्थिक सहयोग गर्ने प्रतिवद्वता गरेको छ। संघका अध्यक्ष दिनेश गुरुङले केन्द्रको सहयोगले नै दोस्रो चरणको राहत बितरण गर्न सहज भएको बताउनु भएको छ ।
राहत वितरण समितिको संयोजककमा शालिकराम डुम्रे रहेका छन् भने। सदस्यहरु हिरालाल सापकोटा (डायमण्ड) बिदुर गौतम र लक्ष्मण शर्मा छन्। अर्जुन आचार्यको संयोजकत्वमा ब्यबस्थापन समिति रहेको छ।

ब्यबस्थापन समितिका सदस्य सन्तोष पौडेल र स्पेनका गठित कोभिड १९ आपतकालिन मूल सहयोग समितिका सल्लाहकार गंगा भुसालको बिशेष पहलकदमीमा स्थानीय संस्थाबाट खाद्यान्न उपलब्ध भएको छ। फुन्दासियो बांक डेल्स आलिमेन्स् खाद्यन्न राहत संस्था १ सय जना ब्यक्ति तथा लागि खाद्यान्न सहयोग प्राप्त भएको हो। यी सबै खाद्यान्न समाग्रीहरु समेत एनआरएनए स्पेनमार्फत नै बितरण गरिने भएको छ ।

संघले भर्खर स्पेन आएका,काम नभएका, रेसिडेन्सी कार्ड नभएका नेपाली दाजुभाई दिदीबहिनीलाई लक्षित गर्दै राहत बितरण गर्ने जनाएको छ। राहत प्याकेजमा चामल,दाल,तेल,नुन,पास्ता लगायतका खाद्य समाग्रीहरु रहेका छन । यसअघि राहतबितरण स्पेनका संघसंस्थाहरुमा केहि बिबाद देखिएको थियो। तर अहिले भने संघसंस्थाहरु एकजुट हुँदै एकद्वार प्रणालीमार्फत राहत बितरण गर्न जुटेका छन्।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *