प्रधानमन्त्रीले भने: भारतलाई सोध्नेछु सत्यमेव जयते कि सिंहमेव जयते ?

शेयर गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितको नक्सा देखाउनको लागि मात्र सार्वजनिक नभएको बताएका छन्।

संसदमा बोल्दै ओलीले भूमि फिर्ता गराउनको लागि यो कदम चालिएको बताएका छन्। उनले सत्यको जित हुने समेत बताए।  

भारतीय प्रतिक चिन्हमा लेखिएको सत्यमेव जयतेको समेत उनले चर्चा गरेका छन्। ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु। हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ। म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’ उनले संसदमा भने।  

नेपाली भूमि फिर्ता ल्याउने सरकारको निर्णयबाट सिंगो राष्ट्र खुसी हुने विश्वास आफुले लिएको भन्दै उनले नयाँ नक्सा अनुसारको व्यवस्था गर्दै संविधानको अनुसूची ३ संशोधन भएको दिन नेपालमा दिपावली गरिने उद्घोष गरे। संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरिने त्यो प्रस्ताव पारित हुने विश्वास आफुले लिएको पनि उनले स्पष्ट पारे।  

उनले अन्य विषयमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता परे पछि गरिने भन्दै घुमाउरो शैलीमा मधेसवादी दलहरुले उठाउँदै आएको मागलाई यसपटक संविधान संशोधन प्रस्तावमा समावेश नगरिने संकेत गरे।  

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *