देश विदेश

लकडाउनको प्रभाव: कञ्चनरुप–५मा खान नपाएर मलरा सदाको मृत्यु,चन्दा उठाएर दाह संस्कार

शेयर गर्नुहोस्

कञ्चनपुर,जेष्ठ ७ गते । कञ्चनरुप नगरपालिका–५ पथरी रामपुर टोलमा एक जना मुसहर समुदायको गरिबीका कारण मृत्यु भएको छ ।

सरकारले अव नेपालमा गरिबीको कारणले ‘कोही भोकै पर्दैन,कोही भोकले मर्दैन’ भन्ने प्रतिबद्धता जनाएको छ । तर झण्डै दुई महिनादेखीको लकडाउनका कारण खान नपाएर ५० वर्षिया मलरा सदाको मंगलबार मृत्यु भएको स्थानीयले जनाएको छ ।

मृतक सदाका छिमिकी विश्वनाथ सदाका अनुसार लकडाउन सुरुभएपछि गत सोमबार एक दिन गाउँकै एक किसानको खेतमा कोदालो जोत्न गएका थिए । धेरैदिन दिनदेखीव मलरा सदाले खान पाएका थिएनन् ।

मृतक मलरा सदाका तीन छोरा राजेश,सोनी र साजन कामका लागि भारतको गुजरात गएका छने । उनीहरु उत्तै फसेका छन् । तीन छोराको विवाह भ्यसकेका छन् ।

उनीहरु छुट्टा–छुट्टै बस्दै आएका थिए । मृतक मलरा सदा र उनको श्रीमत िजलेश्वरी सदा दैनिक गुजरा गरेर पेट पाल्दै थिए । तर कोरोना भाइरस(कोभिड–१९)का कारण गत चैत्र ११ गतेदेखीव लकडाउन सुरु भएपछि सदा दम्पतीलाई छाक टार्न समस्या भइरहेको थियो ।

स्थानीयहरुले चन्दा संकलन गरेर कात्रो खरिद गरी मृतक सदाको दाहसंस्कार गरेको स्थानीय अगुवा विश्वनाथ सदाले बताए । उक्त टोलमा करिब २२ घर सदा,३५घर सरदार र १५ घर राम समुदायको बसोबास रहेका छन् ।

उनीहरु सबै कञ्चपुर बजार,बेरियर लगायतका ठाउँमा दैनिक ज्यालादारी गरेर गुजरा गर्दै आएका थिए । कञ्चनरुप नगरपालिकाले लकडाउन भएको दुई महिनामा एक पटक १५ किलो चामल र एक सय २० रुपैया नगद राहत वितरण गरेको थियो ।

कञ्चनरुप नगरपालिका–५का वडाअध्यक्ष कैलाश साहले मलरा सदा गरिब भएपनि मादक पदार्थ सेवन गर्ने गरेको बताए । उनले भने,‘ मेरो वडामा ५० प्रतिशतभन्दा बढी घरधुरी दलित समुदायको छ । गरिवीका कारण सबभन्दा बढी हाम्रो वडा प्रभावित भएको छ ।’ वडाअध्यक्ष साहले नगरपालिकामा दोस्रो चरणको राहत वितरण गर्न कुरा उठाएपनि बैठक कहिले राख्ने निश्चित नभएको बताए

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *