साइप्रस न्युज

साइप्रस भिसा सकिए पनि आउन पाइने

शेयर गर्नुहोस्


समिम मियाँ
२०मे२०२०/लिमासोल

साइप्रस सरकारले  भिसा सकिएका नेपाल लगायत तेस्रो मुलुकका नागरिकलाई  पुनः प्रवेश दिने घोषणा गरेको छ ।
कोरोना को संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय  उडान प्रतिबन्ध लगाएपछि छुट्टी गएका थुप्रै नेपाली साइप्रस फर्कन असमर्थ भएका थिए ।

अध्यागमन नियम अनुसार ९० दिन भन्दा बढी साइप्रस बाहिर रहेमा स्वत: भिसा रद्द हुने भए पनि १ जनवरी २०२० बाट साइप्रस बाट छुट्टी गएका तर १५ मार्च २०२० सम्म  प्रवेश गर्न नपाएकाहरु को भिसा रद्द नभइ स्वत: नविकरण हुने बताइएको छ ।
अब नेपाल गएर फर्किन नपाएका नेपालीहरु जुन १४ बाट बिमानस्थल खुले पछि बिना कुनै प्रक्रिया सहजै साइप्रस फर्कन सक्नेछन् ।
यद्यपि भिसा सकिएका तर भिसा मा  FINAL – NOT RENEWABLE (अन्तिम-नविकरण नहुने) उल्लेख भएका भिसा भएका व्याक्तीले भने साइप्रस पुन: प्रवेशका लागि आवेदन दिन सक्ने छन् । जसका लागि नियमित रुपमा गरिने  मेडिकल रिपोर्ट वा प्रहरी रिपोर्ट ( चारीत्रिक प्रमाणपत्र) समावेश गर्नु नपर्ने भनिएको छ ।

त्यस्तै भिजिट भिसामा साइप्रस आइ लकडाउनमा फसेका व्याक्तीको भिसा सकिएको भए पनि बिना कुनै प्रक्रिया अब आफ्नो देश फर्कन पाउनेछन् । उनिहरुलाई कसैलाई पनि यात्रा बन्देज वा अन्य कारवाही नगरिने बताउदै लक्डाउन खुले पछि सके सम्म छिटो साइप्रस छोड्न निर्देशन दिएइको छ ।

  सरकारले साइप्रस  प्रवेशका लागि  कोरोना संक्रमण रोक्न आवश्यक कदम बारे छलफल जारी राखेको छ ।
आगामी मे २८ तारिख मन्त्रीपरिषद मा विमानस्थल सन्चालन गर्न आवश्यक कदम बारे बैठक बस्दै छ । त्यस  पछि मात्र साइप्रस प्रवेश गर्ने यात्रु सङ स्वास्थ्य परिक्षण वा कोरोना परिक्षण प्रमाणपत्र वा अन्य आवश्यक कदम बारे घोषणा हुनेछ ।

दोस्रो चरण अन्तरगतको लकडाउन फुकुवा भोलि देखि सुरु हुदैछ । जुन 8 तारीख सम्म दोस्रो चरणको र जुन ९ देखि १३  सम्म तेस्रो चरण मा लकडाउन खोल्ने योजना छ ।
जुन १३ बाट सरकारले लार्नका र पापोस एयर्पोट साथै सबै समुन्द्र पोर्ट र अन्तर्राष्ट्रिय सिमा खुल्ला गर्ने बताएको छ ।जुन १४ बाट लकडाउन पुर्ण अन्त्य हुनेछ ।

दूतावासको पहल :

साइप्रस मामिला हेर्दै आएको इजरायल स्थित नेपाली दूतावासले एक सुचना जारी गर्दै साइप्रस सरकार सङ गरिएको पहल बारे जानकारी दिएको छ । साइप्रस स्थित नेपाली कन्सुलर र विभिन्न संघसंगठनले मिलेर चलाएको नेपालीका लागि राहत अभियान को प्रशंसा गरेको छ ।
संघसंस्थाले मात्र राहत निरन्तरता दिन नसकिने भएको जिकिर गर्दै साइप्रस सरकार सङ राहत उपलब्ध  अनुरोध गरिदा अत्यन्तै समस्या परेका नेपालीको सहयोग गर्न सकारात्मक भएको दूतावासले जनाएको छ ।
  साइप्रस सरकारले  समस्याग्रस्त नेपालीको बिवरण पनि माग गरेको छ ।
इमिग्रेसन को प्रक्रिया सुरु नभएका विधार्थीको हकमा भने कोरोना संकट पछि संबंधित  कलेजले  इमिग्रेसन प्रक्रिया पूरा गर्ने दूतावासले जारी सुचनामा भनिएको छ ।
साथै कलेज शुल्क मिनाहा वा छुट गराउन  संबंधित कजेल प्रशासनमा लिखित निवेदन दिदाँ कलेज सकारात्मक हुन सक्ने हुँदा सम्यमित भएर आफ्ना भनाइ राख्न दूतावासले अनुरोध गरेको छ ।
इजरायल र साइप्रसबाट घर फर्कन चाहनेको लागि नेपाल सरकारको  गृहकार्य अन्तिम चरणमा रहेको र दूतावास पनि तयारी अवस्थामा रहेको जानकारी गराएकोछ । घर फ़र्कन चाहनेले अनलाइन फर्म भर्न अनुरोध गरेको छ ।

कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै गैरकानुनी भएका, ओभर स्टे र स्वास्थ्य विमा नभएका एवं इमिग्रेसन नभएकाहरुले समेत कोरोनाको संक्रमण भएमा अन्य व्यक्तिहरुले सरह उपचार  साथै क्वारेन्टाइनको सुविधा पाउने दूतावास द्वारा जारी सुचनामा भनिएको छ ।

उनीहरुलाई सरकारले पक्राउ गर्ने , देश फिर्ता गर्ने र यात्रा प्रतिवन्ध मा राख्ने जस्ता प्रक्रिया तत्कालका लागि नगर्ने जानकारी प्राप्त भएकोले त्यस्ता नेपालीले नडराउन र नलुक्न समेत  अनुरोध गरेको छ । कोरोना संक्रमण भएको शन्का लागे १४२० मा सम्पर्क गर्न बताइएको छ ।

यो पनि पढ्नुहोस् : चार चरण मा खुल्ने छ लक  डाउन , एयरपोर्ट कहिले खुल्छ त?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रस भिसा सकिए पनि आउन पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *