प्रवास

युरोपभित्रको देश लक्जम्बर्गमा नेपालीहरुको अवस्था

शेयर गर्नुहोस्

द्रोण रिजाल .

नेदरल्यान्ड्स | सन् १९९५ मार्च २६ तारिखका दिन युरोपिन देशहरुको सेन्जेम (Schengen)मा सदस्यता पाएको देश लक्जम्बर्ग को २५८६ स्क्वाएर किलोमिटर रहेको छ | लगभग ६ लाख ३० हजार जन संख्या रहेको देशमा नेपाली हरु भने लगभग ३८६ को संख्यामा रहेका छन् | फ्रेन्च र जर्मनी रास्ट्रिय भाषा रहेको लक्जम्बर्गमा युरो नै चल्दछ |

नेपाल पत्रकार महासंघ युरोप शाखाले कोरोना कहर र युरोपमा नेपालीहरुको अवस्थाका बारेमा विभिन्न १३औ शृंखला पार गर्दै १४औ शृंखलामा अन्तर्गत लक्जम्बर्ग सम्म आज मई २४ तारिख आइपुगेको थियो |

यहाको यस विषम परिस्थितिमा नेपाली हरुको अवस्थाको बारेमा विभिन्न पेसा संग सम्बन्धित ब्याक्तित्वहरु संग अनलाइन जुम मार्फत अन्तरक्रिया गरेको थियो | सहभागीहरुले अहिले सम्म नेपाली हरुमा कुनै किसिम को समस्या नरहेको जानकारी गराएका थिए | तर लगभग २७ बिध्यार्थिहरु रहेको लक्जम्बर्गमा अधिकांस बिध्यार्थीहरुलाई रेन्ट (Rent)तिर्नुपर्ने समस्या बाहेक कुनैपनि समस्या अहिलेसम्म नदेखिएको सहभागीहरुले जानकारी गराएका थिए |

सानो मुलुक भएपनि आर्थिक रुपमा सम्बृद्ध रहेका ले त्यहाको सरकार बाट यस आपतकालिन अवस्थामा सबै किसिमको राहत प्राप्त भएका खुसि रहेको जानकारी गराएका थिए |

आमन्त्रित सहभागीमा बिशेस अतिथि बेनेलक्सका लागि नेपाली राजदुतका नियोग उप प्रमुख शुधिर भट्टराई , बालहरि राइ- प्रवक्ता (एन आर एन ), बाल कृष्ण सापकोटा -आइ सी सी सदस्य( एन आर एन ए) ,बिजय कंडेल – सचिब ;(लोक कल्याणकारी संथा ), कुमार पौडेल – कार्यबाहक सभापति ;( जन सम्पर्क समिति) , खिम लाल पन्थी- कोषाध्यक्ष;( लोक कल्याणकारी संथा) , नारायण प्रसाद दवाडी – सह कोषाध्यक्ष( एन आर एन ए), जीतु थापा -समाजसेबी तथा ब्यबसायी , दुर्गा देबी थापा – महिला संयोजक , मधु भट्टराइ- महिला संयोजक र बिनम्र सिंह -बिद्यार्थी को सहभागिता रहेको थियो |

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष् केजिन राइ को अध्यक्ष्यतामा संचालित कार्यक्रम सचिब द्रोण रिजाल , का का सदस्य क्रमस: शेर बहादुर परियार, रविचन्द्र भट्टराई, दिनेश गौतम र प्रेम पोमु ले संयुक्त रुपमा संचालन गरेका थिए |

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *