प्रवाससाइप्रस न्युज

नेपालमा भएको जातिय विभेदका विरुद्धमा युरोपियन देशहरुमा द्धिप प्रज्वलन, दोषीहरुलाई कानुनी कटघरमा ल्याउनुपर्नेमा जोड

शेयर गर्नुहोस्

साइप्रस-नेपाल/२९ मे
युरोप ,साईप्रस

नेपालमा भैरहेको जातिय विभेदको विरुद्धमा आज युरोपीयन देश साईप्रसमा विरोध स्वरुप द्धिप प्रवजलन गर्नुका साथै मृतकहरु प्रति श्रन्द्धन्जली सभा गरिएको छ । केहि दिन पहिला पश्चिम रुक्मको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर ज्यानै जानेगरि भएको घटना सुनेपछि प्रवासमा रहेका सबै नेपालीहरु दुख ब्यक्त गर्दै दोषीहरु माथि कडा कारवाही गर्न माग गरिएको छ ।

साईप्रसमा रहेका पत्रकार दिनेश गौतम एवमं समाजसेबी मिन बगदासको नेतृत्वमा यहा रहेका धेरै नेपालीहरुले सहनुभुति प्रकट गर्दै यस्तो अपराधिक घटना दोहोरीन नदिनका लागि नेपाल सरकार गम्भिर बन्नु पर्ने सहभागिहरुले माग गरेका छन् ।

सभामा अगुवा मिन बगदासले देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था स्थापित भई जातिय विभेद र छुवाछुत अन्त्य गर्ने घोषणा भईसकेको अवस्थामा यस्ता घटना मानव अधिकार विरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै नेपाली समाज कुन दिशा तर्फ जादै छ भन्ने प्रश्न समेत गरेका थिए । बगदासले २१ औ शताब्दीमा पनि जातकै आधारमा यस्तो कुरिति गर्नु भनेको सारा संसारमा रहेका नेपालीहरुको बेईज्जत भएको भन्दै आक्रोस पोखेका थिए ।

रुकुम र रुपन्देहीमा भएको घटनाले कानुनी राज्यको उपहास भएको र मानवले मानवताको धर्मलाई विर्सेको भन्दै हत्यामा संलग्न सबै जनालाई कडा कारवाही गरिनुपर्ने गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृप थापाले माग गर्नु भयो ।

थापाले आफुहरु प्रवासमा भएपनि नेपालमा यस्तो जातकै आधारमा हत्या वा कुटपिट , छुवाछुतको घटनाले आफु लगाएत सारा साईप्रसबासी अत्यन्तै दुखि भएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न नेपाल सरकार लगायत अधिकारकर्मीहरुलाई आग्रह समेत गर्नु भयो ।

राजधानी निकोसियामा भएको सभामा जातिय विभेद कहिले सम्म ? जातिय छुवाछुत दण्डनीय अपराध हो , बलत्कारीलाई कडा कारवाही होस , पिडितलाई न्याय देऊ जस्ता प्लेकार्ड सहित प्रवासी नेपालीहरुले सहभागिता जनाएका थिए ।

यस्तै आफुहरुको रातै रगत भएकोले जात पातमा किन विभेद गर्ने ? मधेशी पहाडी किन भन्ने ? हामी सबै नेपाली भएकोले एक भएर यस्ता कुरितिका विरुद्धमा लाग्नुपर्ने विद्यार्थी आनन्द मण्डलले बताए । यस्तो संसार कोरोना भाईरसबाट संघर्ष गरिरहेको अवस्थामा नेपालमा जातकै आधारमा माया प्रेम गर्न नदिनु भनेको मानव अधिकारको घोर उलंघन भएको मण्डलले बताए ।

नेपाल पत्रकार महासघं युरोप शाखाका सदस्य दिनेश गौतम तथा मिन बगदासको संयुक्त प्रयासमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रम्ख संरक्षक एवमं सल्लाहार सुबास मल्ल , विद्यार्थीहरु आकाश चौधरी , नरेश शाह , एन.आर.एनंए साईप्रसका युवा संयोजक कुन्दन कार्की लगाएतले सहभागिता जनाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।

उता पत्रकार गौतमकै आग्रहमा साईप्रसको लिमासोल , आयानापा , पाफोस लगाएतका सहरहरुमा रहेका विभिन्न घरेलु कामदार लगाएत नेपालीहरुले लकडाउनका विच घरमै बसेर मैन बत्ति बाली यस्तो घटनाको संकेतिक रुपमा विरोध जनाएका छन ।

यस्तै युरोपियन देश ग्रिस , रोमानिया , बुल्गारियाको सोफिया र ईटाली तथा ईजरायलमा रहेको रुपन्देही समाजका प्रतिनिधिहरुले समेत घटनाको विरोध गर्दै द्धिप प्रज्वलन गरेका छन । साईप्रसमा गरिएको श्रद्धाञ्जली सभा एवमं विरोध कार्यक्रमलाई सहयोग साथ, एवमं विभेदका विरुद्धमा बोल्ने अभियन्ताहरुलाई विशेष धन्यबाद समेत गौतमले दिनु भएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *