देश विदेश

सिरहा , रुपन्देही र रुकुममा भएको घटनाको विरोधमा सर्लाहीमा प्रर्दशन

शेयर गर्नुहोस्

सर्लाही
दलित समुदायहरु माथि भएको नरसंहारको विरुद्धमा आज सर्लाही जिल्लाको लालबन्दिमा विरोध प्रदर्शन भएको छ । नेपाल बहुजन समाज परिषदको नेतृत्वमा जिल्लाका दलित अधिकारकर्मीले रुकुम हत्याकाण्डको घटनामा संलग्न लाई कारबाही गर्न र नवराज बिक लगायतका मृतकहरु लाई सहिद घोषणा एवं क्षतिपूर्ति उपलब्ध गराउन चर्को नारावाजि सहितको रैली लालबन्दी नगरको परिक्रमा गरेको थिए ।

रुपन्देही कि अंगिरा पासीको हत्या एवं सिरहाको रिंकु महरा माथीको संघातिक आक्रमणमा संलग्नहरुलाई पनि कारबाही गर्न सरकारलाई दवाब दिएको संयुक्त दलित न्यायीक संघर्ष समितीका संयोजक राजाराम पासवानले बताउनुभएको छ।

सिरहाकाी रिंकु महराले अनैतिक सम्बन्ध बनाउन न मानेपछी सार्वजनिक रुपमै कुटपिट गर्ने उमेश साहको छोरा गान्धी साह लाई कारबाही गर्न सिरहा पुलिसले नमानेको घटना सार्वजनिक हुँदा पनि सरकारले न टेरेको भन्दै आइतबार मुख्यमन्त्रीलाई यस सम्बन्धि लिखित जानकारी गराउने तैयारी भइरहेको संयोजक पासवानले बताउनुभएको छ।

नवराज बिक ,अंगिरा पासी एवं रिंकु महरालाई न्याय नदिए लकडाउन कै बेलामा यहा रहेका सारा दलित समुदाय आन्दोलनमा सहभागी नेपाली बहुजन समाज परिषदका अभियन्ताहरु जितेन्द्र रंजनले जानकारी दिए । यस्तै चमार कल्याण समाजका शिबदयाल महराले ठुला घटनाहरुले गर्दा साना घटनाहरु बढि खतरनाक रहेको भन्दै यसतर्फ सबै नागरिक अधिकारकर्मीहरु आवाज उठाउनु पर्ने बताए ।

सो प्रदर्शनमा अधिकारकर्मीहरु प्रवीण पासवान ,गोविन्द पासवान एवं रामचन्द्र राम लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो। प्रदर्शनमा सहभागी सयौं अधिकारकर्मीहरुले ूनालायक सरकार चाहिदैन,मान्छे मार्न पाइदैन संपुर्ण बहुजन एकजुट होऔँ , निकलो बाहर मकानो से,जंग लडो बेइमानो से ,गृहमन्त्री राजिनामा दे ,जस्ता नारा लगाएको र प्लेकार्डहरु बोकेका थिए।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *