प्रवास

नेपाल पत्रकार महासंघ युरोप शाखाको अठारौँ शृंखलामा बेलायतका नेपाली समुदायसगं

शेयर गर्नुहोस्

द्रोण रिजाल ,

नेदरल्यान्ड्स | नेपाल पत्रकार महासंघ युरोप शाखाले कोरोना कहरमा नेपालीहरुको स्वस्थाका बारेमा शृंखला बद्ध अठारौँ शृंखला अन्तर्गत बेलायतमा रहेका नेपाली समुदायहरुमा परेको कस्ठकर अवस्थाका बारेमा त्याहाका सामाजिक अभियन्ताहरु संग अन्तरक्रिया गरेको छ |

जुन ६ तारिखका दिन पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका सामाजिक अभियन्ता र पत्रकारहरुको सहभागिता रहेको थियो |लगभग एक लाख पचास हजार नेपाली रहेको बेलायतमा कोरोना संक्रमण बाट ६७ जना नेपालीहरुको मृत्यु भएको जस्मा ५६ जना पुरुष र ११ जना महिला रहेको जानकारी बेलायतका लागि नेपाली दुताबासका उप नियोग प्रमुख शरद राज आरण ले जानकारी गराएका थिए |

बेलायतमा दैनिक २०२ भन्दा बढी को दैनिक मृत्यु हुनेगरेको प्रसङ्ग उल्लेख गर्दै सरकारी नियमहरु पालना गर्नुपर्ने र सामाजिक दुरी कायम गर्दै स्वास्थ्यमा बिशेस ध्यान दिनुपर्ने जोड दिएका थिए |

बेलायत डायस्परामा करिब ३०० संघसंथा रहेको र सबै संघसंथाहरु र एन आर एन बिचमा राम्म्रो समन्वय भएको उल्लेख गर्दै राजदूत को अध्यक्षतामा उच्चस्तरीय समिति गठन भैसकेको अवस्थामा नेपाली बिचमा कुनै समस्या देखिए दुताबासले एन आर एन वा अन्य संघसंथाहरु संग समन्वय गर्दै अगाडी बढ्दै जाने बताएका थिए |

अहिलेको बर्तमान परिस्थितिमा बेलायत, माल्टा र आयरल्याण्डमा विभिन्न कारणबाट रोकिएर रहेका नेपालीहरु नेपाल फर्किन चाएको जसमध्य ३५० जनाले फर्किनाकालागी रजिस्ट्रेसन गरेको र ४०० भन्दा बढीले रजिस्ट्रेसन गर्नसक्ने उल्लेख गर्दै बेलायतमा नेपालीहरुको भौतिक सम्पति माथि भएको श्रीखालाबद्ध धटना बेलायत सरकारलाई जानकारी गराइसकेको समेत उप नियोग प्रमुखले जानकारी गराएका थिए |

माल्टाको समस्याको बिषयमा जवाफ दिदै अहिले सम्म कुनै लिखित जानकारी नआएकाले केहि भन्न नसकिने उप नियोग प्रमुखले आफ्नो भनाइ राखेका थिए |पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै एन आर एन बेलायतका महासचिब फडिन्द्र भट्टराई ले कोरोना संक्रमणको सुरुवात बाटै संथाको अनलाइन बैठक बसेर पहिलो चरणमा जना चेतनामुलक कार्याक्रम गरेको प्रसङ्ग उल्लेख गर्दै २४ जना डाक्टरहरुको समूहले स्वास्थ्य र भयमुक्त हुनाकालागी सुचनामुलक परामर्स दिदै आएको प्रस्ट पर्दै राहत र सहयोग निरन्तर जारी राख्ने बताएका थिए |

परिवारको परामर्स बिना कुनैपनि सुचना मिडिया मार्फत दिन नमिल्ने उल्लेख गर्दै पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले यस विषम परिस्थितिमा भाइरस विरुद्धमा नेपाली समुदायमा जन चेतना फैलाउन बेलायतमा रहेका मिडियाकर्मीहरुको सामुहिक सहभागिताको प्रसंसा गरेका थिए |

कुनै संघसंथा र ब्यक्ति विशेषको पक्ष वा विपक्षमा नलाग्न आग्रह गर्दै स्वतन्त्र भएर मिडिया समाजमा रहनुपर्नेमा ध्यान दिन संचारकर्मीलाई आग्रह गरेका थिए |

सकारात्मक सोच राखेर समाचार सम्प्रेसण गर्नुपर्ने र अहिलेको यस्तो विषम परिस्थितिमा अग्रपंतिमा रहेर काम गर्दै गरेका कुनैपनि पत्रकारहरुमा संक्रमण नदेखिएको प्रेस युनियन केन्द्रको निर्देसनामा प्रेस युनियन बेलायतले काम गर्दै रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै संघ संथाहरु संग सहकार्य गरेर काम गर्ने प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला ले प्रस्ट परे |

बेलायतमा अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मो नेपालीहरु धेरै रहेको र उनीहरुको परिवारहरुमा प्राय बृद्ध र दिर्ध रोगि रहेको अवस्थामा संक्रमणको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह गर्दै डाक्टर शुमाया राई ले सामाजिक दुरी राखेर सरसफाइमा ध्यान दिनुपर्ने योगा र ब्यायाम नियमित गर्नुपर्ने र अनावस्यक चिन्ता नलिन मनोबिद राईले सुझाब दिएकी थिइन |

पहिलो पटक कोरोना संक्रमणको अनुभब सुनाउदै स्वाथ्यकर्मी साथै भर्खर कोरोना भाइरस लाइ पराजित गरिसकेकी भगवती रानाभाटले आत्मबल बलियो बनाउनु पर्ने दैनिक जीवनसैलि र स्वास्थ्यमा ध्यान दिन सकेकिले भाइरसलाइ पराजित गर्न सफल भएको अनुभब राखेकी थिइन |

कार्यक्रमको सहजीकरण संघका सचिब द्वय : द्रोण रिजाल र महेश खाती , कार्यकारिणी सदस्य क्रमस : रविचन्द्र भट्टराई , राज कुमार थापा , सरला कट्टेल र युबराज फुयालले गरेका थिए |

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *