देश विदेश

आज थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४४८ पुग्यो

शेयर गर्नुहोस्

काठमाण्डौँ, जेठ २५
नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *