प्रवास

पत्रकार महासघं युरोप शाखाको कोरोनाका कारण कार्यसमितिको म्याद थप

शेयर गर्नुहोस्

द्रोण रिजाल,नेदरल्यान्ड्स
यहि जुन ९ तारिखका दिन नेपाल पत्रकार महासंघ युरोप शाखाले अनलाइन जुम मार्फत विभिन्न एजेण्डाहरुमा ब्यापक छलफल गर्दै विभिन्न निर्णय गरेको छ ।

कोरोना कहरमा नेपाली समुदायहरुको जनजीवनमा पर्न गएको कष्ठकर अवस्थाका बारेमा युरोप लगाएत विभिन्न देशहरुमा अप्रिल ३ तारिख देखि युरोप शाखाले सुरु गरेको सिलसीलेबार अठारौ श्रृंखला सम्म आइपुग्दा त्यस भित्र गरिएका गतिविधिहरुका बारेमा समिक्षा गरेको थियो / सहभागीहरुले शाखाले यस विषम परिस्थितिमा विभिन्न देशका नेपाली हरुको गतिबिधिहरु जन समक्ष उजागर गरेर संथाको साख राख्न सकेको उल्लेख गर्दै काम गर्दै जादा कमि कमजोडी हरु सच्चाउदै जानुपर्नेमा जोड दिएका थिए / प्राबिधिक रुपमा सहयोग पुर्‍याउनु भएकाले सदस्य रबिचन्द्र भट्टराईलाई बिशेष धन्यवाद दिएको थियो ।
स्मारिका प्रकासन का बिषयमा छलफल गर्दै स्मारिका उप(समितिका का संयोजक तथा संघका सचिब वाई बि गुरुङ र संथाका अध्यक्ष केजिन राई ले स्मारिका प्रकासन सम्मका गतिविधिहरुमा जानकारी गराउनु भएको थियो ।
स्मारिका प्रकासन सम्म आइपुग्दा विभिन्न छेत्रबाट सहयोग गर्नुहुने बिज्ञापनदाता ,संघसंथाहरुलाई धन्यबाद दिदै उप(समितिका संयोजक वाई बि गुरुङ लगाएत संघका सचिब पेम्बा गेलु शेर्पा र महेश कुमार खाति तथा प्रेम परियार् र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश चाम्लिंग लाइ बिशेस धन्यबाद दिइएको थियो ।
महासंघ युरोप शाखाको आगामी जुन २४मा पदावधि सकिने भएकाले कोरोना महामारीका कारण उपयुक्त समय र परिस्थिति नभईन्जेल सम्म म्याद थप गर्ने निर्णय भएको जानकारी गराईएको छ भने भने परिस्थिति बनेपछी केन्द्र संग समन्वय गर्दै अगाडी बढ़ने निर्णय गरेको छ ।
नयाँ कार्यसमिति सदस्यहरुको मनोनयन बारेमा अध्यक्ष केजिन राईले सरुवापत्र प्राप्त भैसकेको समेत जानकारी गराएका थिए , अन्य बिबिध एजेन्डा अन्तर्गत केहि बिषयमा बिबाद देखिएको भएपनि अर्को मिटिङ्मा छलफलमा लाने निर्णय भएको थियो ।
यो अनलाइन बैठकमा दुई तिहाइ कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ्र
उपस्थित कार्यसमितिका पदधिकारीहरुको नामावली ः
अध्यक्ष केजिन राई,बेल्जियम
बरिष्ठ उपाध्यक्ष डिल्लीराम अमगाई, बेल्जियम
उपाध्यक्ष राजकुमार दिक्पाल सहमति (म्सासेन्जर) ,पोर्चुगल
महासचिब योगेन्द्र मिलन छन्त्याल,पोर्चुगल
सचिब द्रोण रिजाल, नेदरल्याण्ड ्रपेम्बा गेलु शेर्पा, पोर्चुगल ्रमहेशकुमार खाती,डेनमार्क्रर वाइ बि गुरुङ ,पोर्चुगल
कोषाध्यक्ष तेजबहादुर नेपाली,बेल्जियम
सदस्यहरु विरमान मगर, बेल्जियम , प्रेम परियार, नर्बे , युवराज फुंयाल, स्विजरल्याण्ड्स , शेर बहादुर छन्त्याल, बेल्जियम सगणेश पाण्डेय, पोर्चुगल , प्रेम पोमु, जर्मनी सजित गुरुङ, बेल्जियम सराजकुमार थापा, पोर्चुगल सरबिचन्द्र भट्टराई, अष्टीया सशेरबहादुर परियार, पोल्याण्ड सदीपेन्द्र गजुरेल, स्पेन ससरला कट्टेल, नर्बै , दिनेश गौतम साईप्रस लगाएको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *