आज थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५ पुग्यो मृत्यु १८

शेयर गर्नुहोस्

काठमाण्डौँ, जेठ ३१
नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो।

आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।
पर्साका २५ वर्षिय पुरुष र बाराका ५ वर्षिय बालक सहित देशभर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *