सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा

शेयर गर्नुहोस्

काठमाडौं, जेठ ३१ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको भूभाग नेपालको भएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकमा संशोधन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने विषय अकाट्य रहेको बताएका हुन्।

अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको उल्लेख गर्दै देउवाले भने, ‘कसैले महाकाली पनि भन्छन्, तर हामी काली नै भन्छौं, चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ, नेपालीमा भन्दा काली नदी नै हो।

देउवाले देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको प्रष्ट पार्दै संविधान संशोधन विधेयक देशको अखण्डता र राष्ट्रियताका पक्षमा रहेको बताए।‘त्यसै कारण नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको हो, संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो,’ उनले भने।

शनिबारको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरी निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक दर्ता भएको छ। उक्त विधेयकको दफावार छलफल अहिले जारी छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *