देश विदेश

श्रम स्वीकृती खुल्ने ,बिदामा गएकाहरु फर्किन पाउने

शेयर गर्नुहोस्

सरकारले आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले विदामा आएकाहरुलाई रोजगारीमा जान दिने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको थियो । बैदेशिक रोजगारीमा रहेकाहरु विदामा घर आएका बेला नेपालमै रोकिएका छन् । उनीहरुले लामो समयदेखि विदेश जाने अनुमति मागिरहेका थिए ।

अब अहिले विदामा आएका र करार अवधि बाँकी रहेकाहरुलाई पठाउन मात्रै श्रम स्वीकृति दिने निर्णय भएको छ ।

विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ । परराष्ट्रमन्त्री ज्ञावालीले भ्रमणमा गरेको कडाइ मात्रै खुला गरिएको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहलले सीसीएसीको निर्णय विभागमा आइनपुगेको बताए । निर्णय आएपछि मात्रै आइतबारबाट श्रम स्वीकृति कसलाई कसरी दिने भन्ने प्रष्ट हुने बताए ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ ।

संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।

बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोभिड-१९ कोषबाट ३५ करोड रुपैयाँ उपलब्ध निर्णय गरेको छ ।

सीसीएमसी बैठकले अत्यावश्यक काम बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ ।

अनलाइन खबर बाट सौजन्य

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *