Uncategorized

नेपालमा दलितहरुको हत्यालाई लिएर संयुक्त राष्टसघं मुख्यालय अगाडी धर्ना

शेयर गर्नुहोस्

गनेश गौतम
न्युयोर्क , अमेरिका

नेपालमा भएको दलित समुदायहरुको हत्यालाई लिएर चमार कल्याण समाज अमेरिका युरोपले सयुक्त राष्टसघंको मुख्यालय अगाडी धर्ना दिएको छ । पछिल्लो दिनहरुमा नेपालको पश्चिम रुकुममा दलित युवाहरुको सामुहिक हत्या , रुपन्देहीकी अगिंरा पासीलाई समाजकै रोहबरमा गैरदलित समुदायलाई जिम्मा लगाएको केही घण्टामै हत्या लगाएत नेपाल सरकारले दलितहरुको सुरक्षामा कुनै चासो नदिएको भन्दै राष्टसघं अगाडी शनिवार विहान ८ बजे देखि १० बजे सम्म धर्नामा बसेको समाजले जनाएको छ ।

चमार समाज अमेरिका युरोपका संयोजक अमिरी चमारले नेपाली राज्य सत्ताले मलर सदालाई खाना नदिईकन भोकै हत्या गरेको आरोप लगाउदै नेपाली राज्यसत्ता विरुद्ध सबै विश्वमा रहेका नेपालीहरुले अवाज उठाउनु पर्ने बताउनु भयो ।

चमारका अनुसार संयुक्त राष्टसघंले विश्वभरि रहेका देशहरुलाई आफनो नागरिकहरुलाई गास बास र कपासको ग्यारेन्टि गरेको हस्ताक्षर गराएकोले यसको पालना नेपाल सरकारले नगरेको , ठुलो जातकै आधारमा सिरहाकी रिकुं महराका अपराधीहरु खुल्लेयाम घुमिरहेको , महोत्तरी जिल्लाको रामनगरकी दलित बालिकालाई सामुहिक बलत्कारीहरुलाई पक्राउ नगरेको , प्रहारी हिरासतमा राज्यकै अधिकारीहरुद्धारा शम्भु मुसहरको हत्याहरु भनेको गम्भिर मानवअधिकार उलघंन भएको जानकारी दिनुभयो ।

त्यसै गरि केही दिन पहिला भारतबाट नेपालको धनुषा जिल्लामा आएर क्रेन्टाईनमा बसेका राजु मुसहरलाई डाक्टरहरु जातकै आधारमा विभेद गर्दै एक पुडीया जिवनजल नपाएर मृत्युभएको भएको भन्दै यस घटनामा संलग्न दोषी डाक्टरहरुलाई कारवाही नगरिए आफुहरु संयुक्त राष्टसघंमा ज्ञापनपत्र दिन तयार रहेको समाजका सदस्य सुरेन्द्र महराले बताउनु भयो ।

महराले राष्टसघंको अगाडी धर्नामा बसिरहदा त्यहा अधिकारीहरु एवमं पुलिसहरुलाई नेपालमा दलितहरु माथि भैरहेको हरेक घटनाहरुको बारेमा जानकारी गराएको बताउन भयो ।

नेपालमा गरिबीकै कारण , दलित मुसहर , चमार भएकै कारण बाटो काट्न नदिने , दलित युवतीहरुलाई उच्च जातकाहरुले बलतकार गर्ने र सत्ताकै आडमा छुट्ने प्रक्रिया जारी रहनु अत्यन्त दुखद भएको समाजकी सदस्य बिना महराको भनाई थियो ।

महराले दलित युवतीहरुको जवानी चल्ने , उनिहरुले बनाएको समानहरु चल्ने तर भाडा वा दलित युवाहरु नचल्ने भन्दै प्रश्न गर्नु भयो । नेपाल सरकारले दलितहरु माथि भैरहेको दमनका अपराधिहरुलाई यथासिघ्र कारवाही नगरे आफुहरु नेपाल सरकार विरुद्ध हरेक घटनाहरुको बारेमा संयुक्त राष्टसघंमा मुद्दा हाल्न पछि नपर्ने महराको भनाई थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *