देश विदेश

ईयुले तयार गर्‍यो १४ सुरक्षित देशको सुचि, अमेरिका र भारत अटाएनन ः भोलि देखि बोर्डर खुल्न सक्ने

शेयर गर्नुहोस्

शेर बहादुर परियार
पोल्यण्ड

युरोपेली युनियनले कोरोना पछि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खोल्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय समाचार सस्थाहरुका अनुसार ईयुले १४ सुरक्षित देशहरूको लिस्ट तयार गरेको छ जसमा भारत र चीन समाबेश छैनन।

ईयुले हालका लागि उक्त १४ देश बाट मात्र ईयु प्रवेश पाउनेछ्न। समाचार स्रोतका अनुसार ईयुले भोलिदेखी अन्तर्राष्ट्रिय सिमा खोल्न चाएको छ तर यसको लागि अझै सहमति भैइनसकेको जनाएको छ।
स्रोतले उल्लेख गरे अनुसार ईयुले तयार गरेको १४ देशहरूमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्तेनेग्रो, मोरक्को, न्युजिल्यान्ड , रुवान्डा, सर्बिया, दक्षिण कोरिया , थाइल्यान्ड , टिउनेसिया र उरुग्वे रहेका छ्न। चीनसंग पनि ईयुले निरन्तर सम्पर्क गरेको र ईयु नागरिकलाई चीन प्रवेश खुल्ला भएमा मात्र चीनलाई ईयु प्रवेश दिने बताईएको छ।
महामारी पछि विभिन्न आधार तय गरेर यो सुचि बनाईएको ईयुले जनाएको छ तर यो सुचि अझै थपघट हुन सक्ने बताईएको छ। ईयुले आफ्नो नजिकको साझेदार अमेरिकालाई तत्काल ईयु प्रवेश नदिने संकेत गरेको छ। अमेरिकाको लापरबाहीपुर्ण कोरोना रोकथाम रनेतृत्वले देखाएको गैरजिम्मेवारले यो निर्णय लिएको बताईएको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *