देश विदेश

बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा

शेयर गर्नुहोस्

जिएनएन
बेल्जीयम
,

बेल्जियमको राजधानी ब्रसेल्सको प्रहरी बिभागले युरोपियन संसदकी सदस्य पिएरेट हर्जबर्गर फोफाना बिरुद्ध संगठनको मानहानी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

अफ्रिकी मुलकी साँसद फोफानाले ब्रसेल्सको उत्तरी रेल स्टेसनमा प्रहरीले आफुलाई दुर्व्यबहार र जबर्जस्ती गरेको र उक्त कार्य नस्लबादी भएको आरोप लगाएकी थिईन ।

१७ जुनमा भएको युरोपियन संसदको बैठकमा आफ्नो भनाइ राख्दै उनले प्रहरीले अफ्रिकी मुलका किशोरहरुलाई अनाबस्यक बल प्रयोग गरेको भिडियो रेकर्ड गर्न लाग्दा अपशब्द प्रयोग गर्दै दुर्व्यबहार गरेको बताएकी थिइन ।

युरोपले स्वीकार गरेको बहु सान्स्कृतिक समाज बिरुद्धको प्रहरी कार्यबाहीको भ्रत्सना गरिएको उनको सम्बोधनलाई समकक्षी सांसदहरुले लामो तालीको गडगडाहट सहित् उत्साहपूर्ण प्रतिकृया दिएका थिए । युरोपियन संसदमा लागेको आरोप सत्य नभएको र त्यसबाट प्रहरी संगठनको छबी खराब भएको भन्दै प्रहरीले फोफानालाई मानहानीको मुद्दा लगाएको हो ।

फोफानाका वकिल एलेक्सिस देस्वाफले प्रहरीको आरोप आफ्नो दोष लुकाउन गरिएको प्रपोगन्डा भएको र उसको यस्तो कार्य कुनै नौलो नभएको प्रतिकृया दिएका छन । आफु सँग बसेल्स प्रहरीको नस्लबादी सोचले ग्रसित झुट्टा मुद्दा र मानबअधिकार हननका सयौ फाइलहरु भएको र तथ्य , प्रमाणको आधारमा प्रहरीले गरेको गल्तीमा अदालतले दन्ड गर्ने आशा ब्यक्त गरे ।

संयुक्त राज्य अमेरिका लगायत संसार भर चली रहेको ब्ल्याक लाइब्स म्याटर आन्दोलनका बेल्जियन अगुवहाँरुले पनि बेल्जियन प्रहरीले नस्लबादी ब्यबहार गरेको आरोप लगाउदै आएका छन ।

रङभेद बिरुद्धको अभियानमा सकृय ग्रीन पार्टीकी सान्सद फोफानाले पत्रकारहरुलाई प्रतिकृया दिदै आफुले आवाज बिहिनको आवाज युरोपियन संसदमा बोलेको र यो आफ्नो कर्तब्य भएको बताएकी छिन् । उनी युरोपियन पार्लियामेन्टमा जर्मनीबाट प्रतिनिधित्व गर्‍ेर सांसद भएकी हुन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *