देश विदेश

नेपालमा दलित समुदाय माथि बिभेदको चरम सिमा नाघ्यो :- डाक्टर मुसहर

शेयर गर्नुहोस्

काठमाडौ
नेपालमा कोरोना भाईरसका कारणले लकडाउनका बेला दलित समुदायहरुमा दमनको चरम सिमा नाघेको डाक्टर दिलीप मुसहरले बताउनु भएको छ ।

चमार कल्याण समाज नेपालले आज बुधवार आयोजना गरेको ” नेपालका मधेशी दलितहरुको समस्यालाई किन ठुला राजनितिक पार्टीहरुले राष्टिय मुद्धा बनाउदैनन् भन्ने विषयमा ” अन्र्तक्रिया कार्यक्रममा डाक्टर मुसहरले दलितहरु अत्यन्त गरिब रहेको र आफुहरुको समुदायलाई खाना खाने समेत पैसा, धान , चामल लगाएत केही पनि नरहेको कारणले ठुला जातिकाहरुले जातिय विभेद बढाएको अरोप लगाउनु भएको हो ।

डाक्टर मुसहरले नेपालका मधेशी दलितहरुको पहुच राज्यको कुनै पनि संयन्त्रमा नरहेको , गैर दलितहरुको मात्रै दबदवा रहेको , दलित समुदायका केही युवाहरु पढेलेखेको भएपनि उच्च जातकाहरुले उनिहरुलाई जातकै आधारमा विभेद गरि मनोबल गिराएको , समाजिक रुपमा दलितहरुलाई राज्यले नै सम्मान नगरेको लगाएत अरोप लगाउदै यस्ता कुरितिका विरुद्धमा अब विगुल सारा नेपालका दलित , गैर दलित युवाहरुले फुक्नुपर्ने बेला अएको बताउनु भयो ।

एक फरक प्रशगंमा डाक्टर मुसहरले धनुषाको शम्भु सदाको नेपाली पुलिसद्धारा नै हत्या भएको र हत्या पश्चाप्त मृतकको शव पोष्टमार्टम गर्नका लागि आफुलाई जिल्ला प्रसासन कार्यलयले नै बोलाएर अपमानित गरेको दुख ब्यक्त गर्नु भयो ।

उहाले आफुलाई जिल्ला सरकारी अस्पतालको डाक्टरको नाताले जिप्रका र धनुषाका केही डक्टरहरुकै आग्रह बोलाईएको तर पोष्टमार्टम गर्ने नदिई आफुलाई अपमानित गरिएको बताउनु भयो । शम्भु सदाको हत्यालाई सात दिन सम्म पोष्टमार्टम गर्न नदिनु , यस्तो गर्मीमा चोटपटक लागेको घाऊहरु सुनिनु भनेको सबे प्रमाणहरु रद्द गर्नु र सदाको हत्या सुनियोजित रुपमा भएको डाक्टर मुसहरले जानकारी दिनु भयो ।

डाक्टर मुसहरले नेपालमा सिमान्तकृतहरुका लागि राज्यले कुनै पनि ठोस निति निमार्ण नगरिकन भोकै मार्नमा तल्लीन भएको भन्दै राज्यले केही राहतको नाममा पनि विभेद गरिरहेको बताउनु भयो ।

प्रदेश नं २ मा मधेशबादीहरुकै सरकार भएपनि प्रदेश सरकारले उच्च जातलाई पाच लाख राहत दिने र मुसहरलाई एक माना चामल समेत नदिनु भनेको मधेशका उच्च जातहरुबाट आफुहरुहरु असुरक्षीत रहेको भन्दै राज्यले हरेक दलितहरुको सुरक्षा , गास , बास र कपासको ग्यारेन्टी गर्नुपर्ने डा. मुसहरको भनाई थियो ।

यस्तै नेपालमा पछिल्लो समयमा रुकुम पश्चिममा भएको नरसंहार , रुपन्देहीमा अगिंरा पासीको हत्या , सिरहाकी रिकुं चमार माथि दुब्र्यवहार लगाएत राजु मुसहरलाई एक पोक जिवन जल नदिई तडफाई तडफाई हत्या गराउनु भनेको मानवता विरोधी काम भएको भन्दै यस्ता कार्यका विरुद्ध अहिले नेपालका सारा दलितहरु एक भएर आन्दोलन गर्नुपर्ने आग्रह गनु भयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *