देश विदेश

धनुषा जिल्लामा दलितहरु माथि गरिएको ज्यादतीको दर्जन भन्दा बढि सघंसस्था एवमं पुर्व संसादहरुद्धारा कडा निन्दा

शेयर गर्नुहोस्

काठमाडौ
धनुषा जिल्लाको जनकपुरमा प्रहारीद्धारा दलित समुदायहरु माथि गरिएको ज्यादतीको विभिन्न समाजिक सघंसस्था एवमं पुर्व संसादहरुले घोर निन्दा गरेका छन । विहिवार दलित संघर्ष समितिद्धारा आयोजित विरोध प्रदशर्न कार्यक्रमलाई प्रहारीले माथिको आदेश भन्दै विथोल्न खोज्दा झडप भएको विषयलाई लिएर बहुजन समाज पार्टी नेपालले कडा रुपमा विरोध जनाएको छ ।

पार्टीका केन्द्रिय अध्यक्ष गंगा प्रसाद महराले आज एक प्रेस विज्ञाप्ती जारी गर्दै पछिल्लो समयमा नेपाल भरि दलित समुदायहरु माथि दमनको चरम सिमा नाघेको भन्दै हरेक घटनाहरुमा संलग्न दोषीहरुलाई नेपाल सरकारले कारवाही गर्नुपर्ने माग गर्नु भएको छ । अध्यक्ष महराले नेपाल सरकारले जनताहरुलाई एक छाक खाना समेत नदिई गरिबहरुको हत्या गरिरहेको अरोप लगाउदै विभेदका विरुद्धमा अब सारा नेपालीहरु एक भएर सडक संघर्ष गर्नुको विकल्प नभएको उल्लेख गर्नु भएको छ ।

प्रदेश न. दुईको राजधानी जनकपुरमा पुर्ब निर्धारित दलित सर्घंष समितिको आन्दोलनमा प्रहारीद्धारा दमन गर्नु भनेको ७० लाख दलितहरु माथि नेपाल सरकारले हत्या गराउन खोजेको पुर्व राष्टियसभाका संसाद रामप्रित पासवानले आरोप लगाउनु भएको छ ।

आज विहिवार आफनो समाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै जनकपुरमा दलित समुदायले हत्याराहरुलाई कारवाहीका लागि जुलुस निकाल्दा नेपाली पुलिसले पछाडीबाट महिलाहरुलाई लाठिले कुटपिट गरेको , प्रदशर्नलाई दबाउनका लागि डिएसपिले दलितहरुको घरघरमा गएर गोलीले मारि दिने भनी धम्की दिएको प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।

उता नेपालमा भैरहेको दलित समुदायहरु माथिको दमन ,नेपाली पुलिस र सरकारद्धारा मानवता विरोधी विभेदको विरुद्धमा सबै दलितहरु एकिकृत नभए खास समुदायले नेपाली दलितहरुको अस्तित्वनै समाप्त पार्न सक्ने भन्दै आन्दोलनलाई निरन्तरता दिनका लागि आफुहरु जस्तो सुकै हद सम्म जान सकिने चमार कल्याण समाज नेपाले जनाएको छ ।

समाजका संयोजक दिनेश चमारले विहिवार काठमाडौमा प्रधानमन्त्रि केपी ओली शर्माको सर्मथनमा प्रदर्शन हुदा नेपाल प्रहारीले सुरक्षा दिनु र दलितहरु मधेशको जनकपुरमा प्रदर्शन गरेकोमा प्रहारीद्धारा गोली चलाउनु भनेको नेपाली राज्य सत्ताले आफुहरुलाई महाविभेद गरिरहेको बताउनु भएको छ ।

समाजले जनकपुर लगाएत देशभरमा भएको दलितहरु माथिको अत्याचारको विरोध गर्न अब ग्रामिण क्षेत्र हुदै शहर तर्फ आन्दोलनलाई बढाउनका लागि सबै जिल्ला कार्यसमितिहरुलाई अनुरोध गरेको छ ।

यस्तै आज जनकपुरमा दलित समुदायहरु माथि भएको दमनमा संलग्न दोषी नेपाल प्रहारी , शम्भु सदा, राजु सदा , मलर सदा , अगिंरा पासी , पश्चिम रुकुममा भएको सामुहिक नरसंहारमा संलग्न हत्याराहरुलाई कारवाही नभएसम्म आफुहरु अन्दोलन जारी राख्ने बहुजन परिषद नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकरले बताउनु भएको छ ।

दलितहरु माथि भएको हिसांको दलित अधिकार सघं पर्सा , पिस फर दलित फाउण्डेसन नेपाल , राष्टिय मुसहर सघं नेपाल , सि.के राउतको जनमत पार्टी , दलित समाजिक विकास केन्द्र कपिलबस्तु , ईन्सेक नेपाल धनुषाका प्रतिनिधि विनोद महरा , दलित सेवा सघं , पुर्ब सविधान सभा सदस्य शान्तिदेबी चमाईन , दलित जागरण केन्द्र सिरहा , चमार कल्याण समाज अमेरिका युरोप , साउदी अरेविया , दुबई , कतार लगाएतका दर्जन भन्दा बढि समाजिक सघंसस्थाहरुले कडा रुपमा निन्दा गरेका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *