साइप्रस न्युज

साईप्रसबाट शुक्रवार दिउसो ८८ जना बोकेर जहाज उड्यो, मृतक अम्मगाईको शव पठाउन सकिएन्

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप , साईप्रस ,
युरोपियन देश साईप्रसबाट कोरोना भार्इृरसको महामारीका विच पहिलो पटक कतार एयरबेजले नेपालीहरुको चार्टर्ड बिमान उडाएको छ । साईप्रसको लार्नाका अन्र्तराष्टिय एयरपोर्टबाट शुक्रवार दिउसो दुई बजे ८८ जना नेपाली बोकेर कतार एयरवेजको उडान क्युआर २६६ नम्बरको जहाज नेपालका लागि उडेको हो ।

साईप्रसको लार्नाका एयरपोर्टमा नेपालीहरु बोरिगं पास लिदै …

यो उडान उद्धारको पहिलो चरण अन्तरर्गत अन्तिम उडान हो । शुक्रवार फर्किएका सबैजना नेपाली रादुतावास ईजरायल , होनरी कन्सुलेट साईप्रस र एनआरएन साईप्रसको प्राथमिकतामा परेकाहरु हुन् । फर्किनेमध्ये २२ महिला र ६६ जना पुरुष रहेका छन् ।
नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ६ सय ४० युरो ( करिव ८५ हजार ९४८ रुपैया)का दरले टिकट लिनुभएको हो । नेपाल फर्किएका प्रायःको कोरोना परीक्षणको प्रमाणपत्र साथमा लिएर फर्किनुभएको हो ।

स्वदेश फर्किएका नेपालीहरुलाई होनरी कन्सुलेट डाक्टर रामजिवन पन्जियार , समाजसेबी एवमं एन.आर.एन.ए साईप्रसका संरक्षक सुबास मल्ल , गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले विमानस्थलमै पुगेर बिदा गर्नुभएको थियो ।
दूतावासको समन्वय ,नेपाल सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण कतार एयरलाईनस् मार्फत पहिलो र अन्तिम चरणको उडान सकिएको नेपाली दूतावास ईजरायलले जनाएको छ ।

साईप्रसको लार्नाका एयरपोर्टमा नेपालीहरुलाई होनरी कन्सुलेट डा.राम जिवन पन्जियार र एनआरएन साईप्रसका संरक्षक सुबास मल्ल बिदाई गर्दै

दुतावासकी राजदुत डा.अन्जान शाक्यका अनुसार साईप्रसमा सुरुमा दुतावासमा नेपाल जानेहरु लगभग साढे चारसय भन्दा बिढले नाम टिपाएको कारण आफुहरु आफनै नेपाली विमानलाई चार्टर गराउन खोजे पनि युरोपियन देशहरुले नेपाली विमानलाई साईप्रसमा प्रवेश नदिएपछि केही दिनका लागि ढिला भएको बताउदै धेरै नेपालीहरु स्वदेश फर्कनका लागि टिकट नकाटेपछि अलि पछाडि फ्लाईट भएको जानकारी दिनु भयो ।

डाक्टर शाक्यले आफु राजदुत भएर ईजरायल आएपछि साईप्रस देश आफनो कार्यक्षेत्र भएको नाताले बसाई ईजरायल भएपनि संख्यात्मक रुपमा साईप्रसमा नेपालहरु बढि रहेकोले त्यहा रहेका नेपालीहरु लागि आफु सधै काम गर्न प्रतिबद्ध रहेको बताउदै साईप्रसमा रहेका कुनै पनि नेपालीहरुलाई समास्यामा पर्न नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

साथै यस्तो महामारीको समयमा नेपाल सरकार , साईप्रस सरकार , साईप्रस स्थित विभिन्न समाजिक सघंसस्था , इजरायलमा रहेका सघंसस्थाहरुलाई विशेष धन्यबाद दिदै अगामी दिनमा नेपालीहरुका हरेक कार्यमा सहकार्य गरेकोमा धन्यबाद समेत दिनु भएको थियो ।


हत्या गरिएका अम्मगाईको शव पठाउन सकिएन ..
केही महिनाअघि चितवन जिल्लाको रत्ननगर न.पा. ११ का २१ बर्षिय विवेक अमगाईको हत्या पछि विलम्बका कारण अन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको थियो ।

उहाको शरिरलाई अमगाईका परिवारहरुको आग्रहमा नेपाल पठाउनका लागि शुक्रवारकै जहाजमा पठाउनका लागि नेपाली रादुतावास ईजरायलकी राजदुत डा. आन्जन शाक्यले नेपाल सरकारका विभिन्न निकाय , साईप्रस सरकारको सरकारी स्तरका निकायहरुलाई पत्र लेखेपनि केही कागजी प्रक्रिया नपुगेको कारणले स्वदेश फर्काउन नसकिएको दुतावासका प्रवक्ता एवमं उपनियोक प्रमुख अर्जुन घिमिरले जानकारी दिनु भयो ।

मृतक अमगाईलाई नेपाल पठाउनका लागि साईप्रसमा रहेका होनरी कन्सुलेट डा. रामजिवन पन्जियार र एनआरएनए साईप्रसका संरक्षक निकोसिया शहरमा रहेको जनरल अस्पतालमा शुक्रवार विहानै देखि धेरै कोसिस गरेपनि अन्तिम अवस्थामा आएर शवलाई पठाउन नसकिएको र अब आउने दिनमा नेपाल जाने जुनसुकै कार्गोमा भएपनि शवलाई मृतकको परिवारको जिम्मा लगाएरै छोडने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *