साइप्रस न्युज

साईप्रसमा लकडाउन खुकुलो पश्चाप्त पहिलो पटक नेपालीहरुद्धारा फुटबल प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप , साईप्रस ।
युरोपियन देश साईप्रसको सरकारले यसलाई लकडाउन गरेर धेरै हद सम्म रोकथाम गर्नमा सफल भएको मध्य नजर गर्दै लकडाउन खुकुलो पारेको अवसरमा यहा रहेका नेपाली समुदायहरुले पहिलो पटक अन्तर सहर फुटबल प्रतियोगिताको आयोजना गरि आज आईतवार सम्पन्न गरेका छन ।

साईप्रसमा रहेका नेपालीहरुलाई एकतामा बाध्ने उद्देश्यका साथ आयानापा सहरमा रहेको नेपाली फुटबल क्लबको निमान्त्रणामा निकोसिया फुटबल क्लबले एक गोलले विजयी भएको छ । निकोसिया फुटबल क्लबले ४ गोल गरेको थियो भने आयानापा फुटबल क्लबले ३ गोल गरेको थियो ।

खेलको सुरुवातीमा आयानापा नेपाली फुटबल क्लबले एक गोल गरेको थियो भने खेलको ३० औ मिनेट पछि निकोसिया क्लबले जवाफीमा एक गोल गर्दै बराबरी गरेको थियो । यसरी खेलको ६० औ मिनेटमा फेरि आयानापा क्लबले एक गोल गरेसगैं निकोसिया क्लबले गर्न सकेको थिएन । यसरी खेलको आधा समय सम्म खेलिरहदा निकोसिया क्लबले एक गोल गरि फेरि बराबरीमा आएका थिए ।

आयानापा नेपाली फुटबल क्लबका खेलाडीहरु

यस पश्चाप्त निकोसिया क्लबले लगातार दुई गोल गरे गरेसगंै ४ गोल गरेपछि आयानापा क्लब अलि दबावमा परेको थियो । निकोसिया फुटबल क्लबका उपकप्तान विकास श्रेष्ठका अनुसार आज भएको फुटबल खेलमा सबै भन्दा बढि गोल गर्ने आफनै क्लबका दिपेन्द्र बुढाले दुई गोल गरेको जानकारी दिनु भयो साथै निकोसिया फुटबल क्लबका क्याप्टेन द दिपेश एक गोल र ज्योति चौधरीले एक गोल गर्नुभएको जानकारी दिनु भयो ।

उता आयानापा नेपाली फुटबल क्लबका क्याप्टेन सरोज नेपालका अनुसार दुई गोल सन्तोष कार्कीले गरेका थिए भने एक गोल समिर आर्चायले गरेको जानकारी दिनु भयो ।

लकडाउनका कारण सहर भन्दा बाहिर जान नपाएका नेपालीहरुलाई एकतामा बाधिने, खेलडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले समाजसेबी , एनआरएन साईप्रसका संरक्षक , निकोसिया फुटबल क्लबका म्यनेजर सुबास मल्ल , निकोसिया क्लबका क्यप्टेन द दिपेश , युवा समाजसेबी बिकास श्रेष्ठ , बिरेन भट्ट आयानापाका क्यप्टेन सरोज नेपाल लगाएतको विशेष पहलमा आईतवार खेल सम्पन्न भएको थियो भने खेलको प्रत्यक्ष प्रसाण साईप्रस नेपाल डटकमले आफनो अनलाईन फेसबुक पेजबाट गरेको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *