देश विदेश

सकडका नाममा दलितलाई बिस्थापित गर्न खोजिए कडा प्रतिकार गर्ने :- पुर्बसांसद पासवान

शेयर गर्नुहोस्

विद्या मण्डल
काठमाडौ

धनुषा जिल्लाको जनकपुर उपमहानगर पालिकामा बर्षौ देखि बसोबास गर्दै आईरहेका सडक विस्तारका नाममा दलित समुदायलाई विस्थापित गर्न खोजिएकोमा निवर्तमान राष्टिय सभाका संसाद एवमं अधिकारकर्मी रामप्रित पासवानले कडा आपत्ति जनाउनु भएको छ ।

सांसद पासवानले जनकपुर उपमहानगर पालिका वाड न. १ र १९ मा पचासौं बर्ष देखि बसोबास गरिरहेका गरिब दलित भुमिहिनहरुलाई प्रदेश सरकार र केन्द्र सरकार दुबैले विस्थापित गर्न खोजेको बताउदै स्थलगत अध्ययन गरि त्यस्ता कार्य राज्यले नरोके कडा प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

उहाले शनिवार आफनो समाजिक संजाल फेसबुकमा लेख्दै बर्षयाममा दलितहरुलाई बेघर बनाईनु भनेको नेपाल सरकारले अन्र्तराष्टिय मानवअधिकारको नियम कानुनलाई ठाढो उलंघन गरिएको ठहर उल्लेख गर्नु भएको छ ।

नेपालमा सबै भन्दा बढि गरिबीको रेखामा तराईका चमार , डोम ,खत्वे , मेस्तर , मुसहर लगाएतका समुदायहरु रहेकोले यि समुदायहरुको हक अधिकार दिलाउनका लागि सारा मानवअधिकार कर्मी , संचारकर्मीहरुलाई अनुरोध गर्नु भएको छ ।

त्यस्तै महोत्तरी जिल्लाको सोनवा गाउपालिका वार्ड न. ८ शिवनगरका दलितहरुलाई हिडडुल गर्न त्यो गाऊका जमिन्दार कैलास यादवले प्रतिबन्ध लगाएको प्रति कडा शब्दमा सांसद पासवानले निन्दा गर्नुभएको छ ।

प्रदेश न. २को राजधानी जनकपुरमा रहेका दलितहरुलाई यसरी सडकको नाममा विस्थापित गर्न खोजिए आफुहरु कडा प्रतिकार गर्ने चमार कल्याण समाज नेपाल धनुषाले जनाएको छ ।

उता खत्वे समाज नेपालले महोत्तरी र जनकपुरमा भैरहेको घटनाहरुको घोर भत्र्सना गर्दै राज्यले यथासिघ्र यस्ता कार्य रोक्नुपर्ने माग गरेको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *