देश विदेश

नेपाली काङ्ग्रेस गुल्मी काठमाडौ सम्पर्क समितिद्धारा गुल्मीका पहिरो पीडितलाई राहात वितरण

शेयर गर्नुहोस्

गुल्मी गुल्मी जिल्लाको ईस्मा गाउपालिकामा केही दिन पहिला गएको पहिरोका पिडितहरुलाई नेपाली काङ्ग्रेस गुल्मी ( काठमाडौ सम्पर्क समितीले राहात प्रदान वितरण गरेको छ ।
जिल्लाको ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले आवश्यक खाद्यन्न सामग्री सहयोग गरेको हो। पहिरो प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको समितिका संयोजक योगराज कंडेलले बताए। पीडितलाई दुई लाख बराबरको राहत सामग्री सहयोग गरेको समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलले जानकारी दिए।
उनका अनुसार चामल १ सय बोरा, तेल १ सय पोका, सोयाबिन १ सय पोका, नुन १ सय पोका, चाउचाउ २० प्याक, पानी २० प्याक, त्रिपाल २० थान लगायतका राहत सामग्रीहरु वडा अध्यक्ष चुरा बहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ।


नेपाली काँग्रेस गुल्मीको अनुरोधमा गुल्मी स्थायी घर भई काठमाडौ बस्दै आएका काँग्रेस शुभेच्छुकहरुको संगठन नेपाली काँग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समिति राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए।
प्रभावित क्षेत्रमा पुगेका पार्टी सचिव पन्थीका अनुसार गाउमा अझैपनि खानेपानीको व्यापक समस्या छ , सबै सडकहरु अवरुद्ध भएको जानकारी दिए । पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री प्रदान गर्न पुगेका नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्न तीनै तहका सरकारलाई आग्रह गरिएको बताए ।


गुल्मी काँग्रेसले पनि यसअघि पीडितहरुलाई १ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको थियो। असार १८ गते परेको अविरल वर्षाका कारणबाट ईस्मा गाउँपालिका १ को तोरीखर्क, मल्दी, जुकेपानी लगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षती भएको थियो।
राहत सामग्री लिएर काठमाडौबाट विष्णु केसी, फर्सुराम घिमिरे, सम्पर्क समितिका उपाध्यक्षद्वय रामप्रसाद खरेल, कृष्ण खरेल, सदस्य सन्तोष पाण्डे, नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, पूर्व सभापती त्रैलोक्य प्रताप सेन, कोषाध्यक्ष हरिबहादुर केसी, महेन्द्र भण्डारी, शालिक पन्थी, नारायण रिजालको उपस्थिति थियो।
त्यस्तै क्षेत्रीय सभापति भगत सिंह खड्का प्रदेश सभापतिहरु पूर्णबहादुर केसी, रेखाकुमार जिसी, तरुणदलका सभापति भरत भलामी, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुदर्शन खनाल लगायतको टोली प्रभावित क्षेत्र पुगेको थियो।
उक्त कार्यक्रममा उपस्थित सम्पर्क समितीका उपाध्यक्ष कृष्ण खरेलले आगामी दिनमा पनि सस्थाले लोककल्याणकारी कार्यलाई निरन्तरता दिदै जाने नमूना नेपाललाई बताए।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *