Uncategorized

दलित समुदायहरु माथि भईरहेको हत्याको विरुद्धमा प्रवासी अरेबियन देशहरुद्धारा विरोध सुरु

शेयर गर्नुहोस्

रामएकवाल राम
दोहा,कतार ,
नेपालमा भईरहेको दलित समुदायहरु माथि नरसंहार हत्या र दमनको विरुद्ध प्रवास स्थित दोहा कतारबाट शुक्रबार श्री सल्हेश एकता मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

धनुषाको शम्भु सदाको हत्याको घटना नसेलाउदै सप्तरीमा फेरी एक युवाको हत्या भएको छ।सप्तरीको शम्भुनाथ नगरपालिका -०३ कचन्दाहाका ३० वर्षीय त्रिभुवन रामलाई अपहरण गरि हत्या भएको हो भन्दै कडा आपत्ति जनाएका छन।

कतार सरकारले लगाएको नियमलाई पालन र मध्य नजर राखदै बैठकमा उपस्थित सबैले माक्स लगाएर एक आपसमा समाजिक दुरी कायम गरि कार्यक्रम गरेको थियो। श्री सल्हेश एकता मञ्च नेपालका केन्द्रिय अध्यक्ष श्री दुर्गानन्द पासवानले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा भन्दा कडा कार्वाहीको माङ्ग गर्दै सरकारले जनताको जिउधन सुरक्षा प्रदान गर्न नसकेको भन्दै कतारबाट आक्रोश व्यक्त गरे।

पछिल्लो चरणमा देशको विभिन्न जिल्लामा दलितहरूमाथी जातीय छुवाछूत,विभेद हत्या हिंसाको घटनाहरु बढिरहेको देखिन्छ।तर पनि तिनै तहको सरकारले त्यस्ता घटना नियन्त्रणमा खासै ध्यान नदिएको र दलितहरुमाथी यस्ता एक पछि अर्को गरि भैरहेको नरसंहार घटना विरुद्ध संघर्ष जरुरी रहेको संस्थाका सदस्य संजय कुमार पासवानले जानकारी दिए।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *