साइप्रस न्युज

चितवन सेवा समाज साईप्रसको चौथो बार्षिकोत्सव एवमं साधारणसभा आयानापामा सम्पन्न

शेयर गर्नुहोस्

पुरन मगर
आयानापा,साईप्रस

युरोपियन देश साईप्रसमा स्थापित चितवन सेवा समाजले आईतवार आफनो चौथो बार्षिकोत्सव तथा साधारण सभा आयानापा सहरमा सम्पन्न गरेको छ । चितवन जिल्लाको विकासका लागि अग्रसर रहने मुल नाराका साथ स्थापना भएको समाजले प्रवासमा रहेका सारा चितवनबासीहरुलाई एकिकृत गर्ने उद्देश्यले युरोपियन देश साईप्रसमा चार बर्ष पहिले स्थापना गरिएको थियो ।

चितवन समाजका पदाधिकारी एवमं अतिथि गणहरु सामुहिक तस्बीर लिदै

समाजकी अध्यक्ष कबिता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति तथा साईप्रसका समाजसेवी एवमं समाजका बरिष्ठ सल्लाहकार सुबास मल्लले चितवन विकासका लागि प्रवासमा रहेका चितवनबासीहरुको महत्वपुर्ण योगदान दिएको भन्दै प्रशंसा ब्यक्त गर्नु भएको थियो ।

चितवन समाजका पदाधिकारी एवमं अथितिगणहरु सहभागिहरु

समाजसेबी मल्लले चितवन जिल्लामा रहेका गरिब ,अनाथ बालबालिकाहरुको शिक्षाका लागि चितवन समाज साईप्रसले विगतका बर्ष झै अगामी दिनमा पनि रचनात्मक सहयोग गरि कलिला बच्चाहरुको भविष्य उज्जवल बनाउनका लागि अझै प्रगति गर्न भन्दै शुभकामना दिएका थिए ।

चितवन समाजका पदाधिकारीहरु छलफल गर्दै..

समाजका महासचिव बिमल पुरीको संचालनमा भएको कार्यक्रममा समाजकी अध्यक्ष भण्डारीले कोभिडका कारणले साईप्रस तथा आफनो गृह जिल्लामा ठुलो आर्थिकमा असर परेको भन्दै आयानापामा यहा रहेका सबै समाजिक सघंसस्थाहरुलाई बोलाउन नसकेको बताउनु भयो ।

अध्यक्ष भण्डारीले समाजको बार्षिकी प्रतिबेदन प्रस्तुत गर्दै राष्टिय गौरव बोकेको चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले निमार्ण गरिरहेको रगंशालालाई आर्थिक सहयोग गर्ने र अनाथ बालबालिकाहरुलाई दिदै आईरहेको सहयोग निरन्तरता दिने जानकारी दिनु भयो ।

कार्यक्रममा चितवन समाजकी सल्लाहकार एवमं एन.आर.एन. साईप्रसकी उपाध्यक्ष जसु पुन मगर , एन.आर.एन.साईप्रसका सल्लाहकार सुरेश शाह , गैरआवासीय नेपाली सघं साईप्रसका सचिव पुरन मगर लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *