स्वास्थ्य

अंगुर मन पर्छ तपाइँलाई ?थाहा पाउनुस् के-के छ पोषक तत्व र फाइदा?

शेयर गर्नुहोस्

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन्।

यसका फाइदा:

  • दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।
  • मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।
  • माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।
  • कब्जियतमा– यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।
  • अपचमा– यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ।
  • थकानमा– सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।
  • मिर्गौलाको समस्यामा– अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।
  • स्तन क्यान्सरमा- अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन्।
  • अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।

यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ।

अंगुरमा पाइने पोषक तत्व (सय ग्राममा)

  • इनर्जी– २८८ केजे (६९ केसिएएल)
  • कार्बोहाइड्रेट– १९.१ ग्राम
  • सुगर– १५.४८ ग्राम
  • डाइटरी फाइबर– ०.९ ग्राम
  • फ्याट– ०.१६ ग्राम
  • प्रोटिन– ०.७२ ग्राम
  • भिटामिन
  • बी १ं– ०.०६९ एमजी
  • बी २– ०.०७ एमजी
  • बी ३– ०.१८८ एमजी
  • बी ५– ०.०५ एमजी
  • बी ६– ०.०८६
  • बी ९– २ एमजी
  • कोलिन– ५.६ एमजी
  • भिटामिन सी– ३.२ एमजी
  • भिटामिन ई– ०.१९ एमजी
  • भिटामिन के– १४.६ एमजी
  • म्यागनिज– ०.०७१ एमजी
  • फोस्फोरस– २० एमजी
  • पोटासियम– १९१ एमजी
  • सोडियम– २ एमजी
  • जिंक– ०.०७ एमजी
  • फ्लुराइड– ७.८ एमजी
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *