देश विदेश

मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्ति भारतीय मुलका

शेयर गर्नुहोस्

सो व्यक्तिले यसअगाडी पनि धेरै व्यक्तिलाई यसरी नै कुट-पीट गरेको, आफूमाथि पनि दुव्र्यवहार भएको र त्यसका बारेमा आफू नेपाल फर्किनु अगाडी मलेसिया स्थित नेपाली दूतावासमा आफूले उजुरी गरेको सापकोटाले बताएको समाचारमा उल्लेख छ । चार बर्ष मलेसियामा रोजगारी गरेर फर्केका सापकोटाले आफूले योजना बनाएभन्दा पाँच महिना पहिले नै नेपाल फर्केको पनि बताएका छन् ।

सापकोटाले मन्नु भनिने सो व्यक्ति हाल पनि एलाइन्स सेक्यूरिटीमै कार्यरत रहे नरहेको बारेमा भनें आफू यकिन नरहेको बताएको समाचारमा उल्लेख छ । सो व्यक्तिबाट गाली खानु वा कु-टाई खानका लागि कुनै कारण आवश्यक नपर्ने सापकोटाले बताएका छन् ।

सो व्यक्तिले निर्ममतापूर्वक ति सुरक्षा गार्डलाई कुट-पीट गरेको भिडियो अहिले भाइरल भएको छ । मलेसियाका विभिन्न संघसंस्थाहरुले पनि सो व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नुपर्ने भन्दै दवाव सुरु गरेका छन् । मलेसिया स्थित नेपाली दूतावासले पनि नेपाली भनिएका ति कुटाई खाने व्यक्तिलाई दूतावासको सम्पर्कमा आउन, यसका बारेमा कुनै जानकारी भएमा दूतावासमा उपलव्ध गराउन आग्रह गरेको छ । यसका विषयमा स्थानीय प्रहरीमा पनि दूतावासले जानकारी गराएको छ ।

यसैबीच मलेसियन प्रहरीले सो घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । स्थानीय सञ्चार माध्यमहरुले स्थानीय प्रहरी अधिकारलाई उधृत गर्दै कुट-पीट गर्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र कु-टाई खाने नेपाली रहेको प्रारम्भीक अनुमान गरेको लेखेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको समाचारमा उल्लेख छ । घटनाका बारेमा जानकारी लिन जोसुकैलाई बोलाउन सकिने प्रहरीले बताएको छ । प्रहरीले घटनाका बारेमा जानकारी भएमा ०१६-३७६ ७३९०, ०१६-२०१ ४३३४ वा ०३-२११५ ९९९९ मा खवर गरिदिन आग्रह गरेको छ ।

कु*ट्नेलाई कारवाही गर्न माग, दूतावासद्धारा पनि पहल सुरु

मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई कुट-पीट गर्ने व्यक्तिलाई कडा कारवाही गर्नुपर्ने माग सुरु भएको छ । मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको छ ।

एक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुट-पीट गरेको देखिएको छ जुन भिडियो हाल भाईरल भएको छ । सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ । मलेसियन ट्रेड यूनियन कँग्रेसका महासचिव जे सोलोमनले श्रमिकमाथि हुने यस्तो दुव्र्यवहार स्वीकार्य नभएको बताएका छन् । “यो दासता हो” उनले भनेका छन् “प्रहरीले यो घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्नुपर्दछ ।”

यसैबीच सो घटनाका विषयमा दूतावास मार्फत प्रहरीमा उजुरी गरिसकिएको र छानविन सुरु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । सो घटनका विषयमा कुनै जानकारी भएमा दूतावासको इमेल ठेगाना [[email protected]] वा हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न समेत दूतावासले अपिल गरेको छ ।

सो भिडियो गत जुलाई ७ मा रेकर्ड गरिएको देखिन्छ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *