साइप्रस न्युज

शनिबार १० जनामा संक्रमण, लिमासोलमा लागू भयो नियम

शेयर गर्नुहोस्

१ अगस्ट  २०२०
शनिबार कोभिड १९ का थप 10 बिरामी फेला परेका छन् । शुक्रबार राती र शनिबार गरिएको 990 टेस्ट मध्य ५ जना लिमासोलबाट हुन् ।यो संगै संक्रमीत को संख्या 1124 पुगेको छ।लिमासोल को स्थिति लाई ध्यान मा राख्दै लक्डाउन को बेलामा लगाइएको केही नियम पुन: लागू गरिएको छ ।
केही दिन यता कोरोना को हट स्पट बनेको लिमासोलमा संक्रमण रोक्न  लिमासोल भरी एकै स्थानमा १० जना भन्दा बढी जम्मा हुन प्रतिबन्ध गरिको छ । यस्तै चर्च तथा धार्मिक स्थल मा 75 जना भन्दा बढी जम्मा हुन पाइनेछैन । त्यस्तै  सार्वजनिक सवारीसाधनमा सिट क्षमताको  50% मात्र यात्रु चढाउन पाइने छ । रेस्टुरेन्ट र बार  भित्र 75 र  बाहिर 150 सिट मा मात्र बस्ने  अनुमती दिएको छ । यी नियम हरु लिमासोलमा ३ हप्ताको लागि लागू हुने छन् ।

सर्वसाधारणको लागि सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । भिडभाड हुने इनडोर एरियामा  मास्क लगाएर हिड्न अनिवार्य गरेको छ । अन्यथा ३०० युरो जरिवाना तिर्नु पर्ने बताइएको छ । 
यता रास्ट्रपति निकोस अनास्टसियादेश ले लिखित बयान जारी गर्दै संक्रमण फैलिरहेको अवस्थामा लगाइएको नियम नमाने कडा प्रतिवन्ध लगाउने  सकिने छ जसको परिणाममा गम्भीर आर्थिक असर पुर्याउने छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *