देश विदेश

भारत विमान दुर्घटना:१४ को मृत्यु,१२३ घाइते

शेयर गर्नुहोस्

७ अगस्ट २०२०
भारतको केरलामा भएको १९१ यात्रु सवार विमान दुर्घटनामा पाईलटसहित १४ जनाको मृत्यु भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डियाको बोईंग–७३७ विमान केरलाको कोझिकोडे विमानस्थलमा दुर्घटना भएको थियो ।

उक्त विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। जसमध्ये १४ जनाको मृत्यु भएको एएनआईले जनाएको छ। दुर्घटनामा १२३ जना घाईते भएका छन् भने १५ जना गम्भिर अवस्थामा रहेका छन्।
उक्त विमान ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। विमान दुई टुक्रा भएको छ । उद्धारको काम जारी रहेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *