देश विदेश

कोरोनाबिरुद्धको भ्याक्सिनको मूल्य : अमेरिकामा ३७ डलर, युरोपमा ३ डलर !

शेयर गर्नुहोस्

कोरोनाबिरुद्धका भ्याक्सिनका विभिन्न चरणका परीक्षणहरु जारी रहँदा यसको मूल्यबारे पनि चर्चा सुरु भएको छ । अमेरिकाले तोकिएको अभियान अवधिभित्र भ्याक्सिन लगाउनेहरुका सन्दर्भमा भ्याक्सिनको खर्च सरकारले बेहोर्ने बताएको छ । तर भ्याक्सिन लगाइदिएवापत भने स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थाले शुल्क लिन सक्नेछन् ।

कोरोनाबिरुद्धको भ्याक्सिनको मूल्य हरेक डोजको ३२ डलरदेखि ३७ डलरसम्म पर्ने अमेरिकन कम्पनी मोडेर्नाले जनाएको छ । मोडेर्नाले केही विदेशी मुलुकहरुलाई समेत भ्याक्सिन उपलब्ध गराउनका लागि उक्त मूल्य तोकेको हो । बुधबार कम्पनीको दोश्रो क्वार्टरको आर्थिक परिणामबारे छलफल गर्ने क्रममा मोडेर्नाका सीईओले यसबारे बताएका हुन् ।

मोडेर्नाले अमेरिकी सरकारको करोडौं डलरको सहायतामा भ्याक्सिनको विकाश गरिरहेको छ । त्यसैले अमेरिकी करदातालाई सस्तोमूल्यमा भ्याक्सिन उपलब्ध गराउनका लागि अमेरिकामा उक्त मूल्यमा कम गराउन सकिने मोडेर्नाले जनाएको छ । मोडेर्नाले भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गरिसकेको छ भने छिटोमा आगामी अक्टोबरसम्म भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमति पाउनसक्ने अपेक्षा गरिएको छ ।

फाइजरले पनि अमेरिकी सहायतामा भ्याक्सिनको परीक्षण गरिरहेको छ । फाइजरसँग अमेरिकी सरकारले एकसय मिलियन भ्याक्सिनका डोजहरु किन्ने सहमति जनाइसकेको छ । फाइजरको उत्पादन गर्ने भ्याक्सिनको मूल्य २० डलर पर्ने अनुमान गरिएको छ । मोडेर्ना र फाइजरका भ्याक्सिन हरेकले २ डोज लगाउनुपर्ने जनाइएको छ ।

त्यस्तै बेलायतमा आष्ट्राजेनेकाले परीक्षण गरिरहेको भ्याक्सिनका सन्दर्भमा अमेरिकासँग भएको सहमतिमा नाफा नहुने कम्पनीले जनाएको छ । त्यस्तै जोन्सन एण्ड जोन्सनले पनि महामारीको अवधिभर भ्याक्सिन बेचेर नाफा नकमाउने बताएको छ । उनीहरुले लागत मूल्यमा नै भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

आष्ट्राजेनेकाले भ्याक्सिनको मूल्य साढे २ युरो अर्थात् झण्डै ३ डलर राख्ने योजना बनाएको छ । जोन्सन एण्ड जोन्सनले प्रत्येक डोजको १० डलरका दरले भ्याक्सिन उपलब्ध गराउने जनाएको छ । तत्कालको अवस्थामा हेर्दा अमेरिकन कम्पनीले बनाउने भ्याक्सिनको तुलनामा युरोपमा बन्ने भ्याक्सिन सस्तो पर्ने देखिएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *