लेबनानमा सरकार विरोधी प्रदर्शन चर्कियो

शेयर गर्नुहोस्

लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि आक्रोशित सर्वसाधारणले प्रदर्शन गरिरहेका छन्। हजारौँको संख्यामा रहेका प्रदर्शनकारीले मन्त्रालयहरु घेराउ गरेका छन्।

प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन्। केन्द्रीय शहीद स्क्वायर क्षेत्रबाट बन्दुकको आवाज पनि आएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मंगलबार राति बेरुतको तटीय क्षेत्र नजिक रहेको गोदाममा राखिएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा कम्तीमा १५८ जनाको ज्यान गएको छ। यस्तै पाँच हजार मानिस घाइते भएका छन् भने तीन लाख मानिस घरबारबिहीन बनेका छन्।

लेबनान सरकारका अनुसार विगत ६ वर्षदेखि असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइटका कारण बिस्फोट भएको हो। सो बिस्फोटक पदार्थ पानीजहाजबाट बरामद गरी त्यहाँ राखिएको थियो ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *