देश विदेश

कोरोना भाइरसबाट थप एकजनाको मृत्यु : ज्यान गुमाउनेको संख्या ७६ पुग्यो

शेयर गर्नुहोस्

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

आइतबार दिउँसो नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

निमोनियाको समस्या भएपछि ती महिलालाई साउन २३ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको र आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालले मृतक महिलाको सम्पर्कमा आएका ८० जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । मृतक महिलाको शव आज नै व्यवस्थापनको तयारी छ । यसअघि बाँकेमा दुईजनाको मृत्यु भएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *