साइप्रस न्युज

सोमबार १० जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस्

१० अगस्ट २०२०
पछिल्लो २४ घन्टामा गरिएको २६१९ टेस्ट मध्य १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । साइप्रसको स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार १० मध्य ५ अस्पतालमा उपचाररत छन् तर कोहि पनि आइसियु मा भने भर्ना भएका छैनन् ।
आजको डाटा सहित कोरोना सन्क्रमित को जम्मा संख्या १२५२ पुगेको छ । वोल्डोमिटरका अनुसार कोरोना भाइरस सक्रिय बिरामी को संख्या ३६३ छ । यो संख्या भनेको हस्पिटल मा उपचाररत र क्वारेन्टाइनमा बसेको बिरामीको संख्या हो ।
कोरोना बाट हाल सम्म साइप्रस मा १९ जनाको मृत्युु भै सकेको छ भने ८७० पुर्ण निको भै सकेका छन् ।
पछिल्लो केही हप्तामा कोरोन धमाधम देखिन थाले पछि सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । नियम पालन नगर्नेलाई प्रहरीले ३०० युरो जरिवाना तिर्नु पर्ने छ । यसरी लाग्ने जरिवाना १५ दिन भित्र नतिरे यसको ५०% थपेर १ महिना भित्र तिरिसक्नु पर्ने हुन्छ यदि महिना दिन भित्र पनि नतिरेमा अदालतमा केश खुल्ने नियम छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *